अफ्रिकी मुलुकबाट आउने सबै उडानमा प्रतिबन्ध

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

एजेन्सी, १३ मंसिर

अफ्रिकी मुलुकबाट आउने सबै उडानमा प्रतिबन्ध

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकाबाट संक्रमण फैलिएको भन्दै नेपालले दक्षिण अफ्रिका र अफ्रिकी मुलुकबाट आउने सबैलाई प्रतिबन्ध लगाएको छ । यसअघि यी देशबाट आउने यात्रुलाई ७ दिन क्वारेन्टाइनमा राख्न निर्देशन दिइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल र दक्षिण अफ्रिकाबीच सिधा उडान नभए पनि अन्य अफ्रिकी मुलुक हुँदै यहाँ आउने यात्रुलाई एक साता क्वारेन्टाइनमा बस्नुपर्ने बताएको छ ।

सो भेरियन्टको रोकथामका लागी आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय समितीको बैठकमा पनि छलफल भएको छ ।  अफ्रिकाबाट आउने नेपाली पासपोर्ट बाहक र डिप्लोम्याटहरुलाई स्वास्थ्य मापदण्डअनुसार होटल क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको छ ।

युरोपमा पनि यो भेरियन्टलाई लिएर कडाइ गरिएको छ । अस्ट्रिया, चेक रिपब्लिक, जर्मनी, इटाली र नेदरल्यान्ड्सले शुक्रबार नै दक्षिण अफ्रिकाबाट उडानमा प्रतिबन्ध लगाएका छन् । केही अन्य युरोपेली देशहरूले पनि बोत्स्वाना, इस्वाटिनी (स्वाजिल्याण्ड), लेसोथो, नामिबिया, जाम्बिया र जिम्बाब्वेबाट उडानहरू स्थगित गरेका छन्। शुक्रबार दक्षिण अफ्रिकाबाट दुई उडानमा ६१ जना यात्रु नेदरल्याण्ड पुगेका थिए । यी सबैको रिपोर्ट पोजेटिभ आएपछि नेदरल्याण्डमा  चिन्ता बढेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *