नेपालमा कोभिड संक्रमण भएकामध्ये १२ प्रतिशत व्यक्तिमा क्षयरोग देखियो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

भक्तपुर, ८ मंसिर

 नेपालमा कोभिड संक्रमण भएकामध्ये १२ प्रतिशत व्यक्तिमा क्षयरोग (टिबी) भएको पाइएको छ। राष्ट्रिय क्षयरोग केन्द्रले गरेको एक अध्ययनमा कोभिड भइसकेको १२ प्रतिशत व्यक्तिमा क्षयरोग भएको पाइएको हो। कोभिड भएका व्यक्तिमा भाइरसका कारण रोग प्रतिरोधात्मक क्षमता कम हुँदा क्षयरोगका भाइरस समेत सक्रिय भएको र नयाँ बिरामीहरु भेटिएको केन्द्रका निर्देशक डा प्रकाश शाहले जानकारी दिए।उनले भने, ‘कोभिड भएका १२ प्रतिशत व्यक्तिहरुमा टिबीको नयाँ केसहरु देखा पर्‍यो। यसको अर्थ भनेको कोभिडका कारण ती व्यक्तिहरुको इम्युनिटी पावर कम भयो। ती व्यक्तिका शरीरमा पहिलेदेखि नै ब्याक्टेरिया थियो। कोभिडका कारण रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आयो र टिबीका ती ब्याक्टेरियाको वृद्धि विकास भयो। अनि उनीहरुमा टिबी पोजेटिभ आयो।’स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार नेपालमा हालसम्म ८ लाख १९ हजार ६९९ जनामा पिसिआर परीक्षणका क्रममा कोरोना स‌ंक्रमण पुष्टि भएको छ।नेपालमा हाल ६८ हजार क्षयरोगीहरु रहेको हुन सक्ने अनुमान छ। जसमध्ये २८ हजार रोगीहरु मात्र उपचारको पहुँचमा छन्। बाँकी ४० हजार क्षयरोगीहरु उपचारको पहुँच बाहिर रहेको निर्देशक शाहले बताए। सामाजिक लाञ्छना र भेदभावको डरका कारण अझै पनि ४० हजार क्षयरोगीहरु लुकेर रहेको केन्द्रले जनाएको छ। २०३५ साल सम्ममा क्षयरोगको अन्त्य गर्ने सरकारको लक्ष्य थियो। तर कोभिडका कारण यो धकेलिदै २०५० सालमा पुगेको शाहले बताए। ‘क्षयरोगको क्षेत्रमा हामी धेरै पछाडी छौँ। २०३५ साल सम्ममा क्षयरोगलाई अन्त्य गर्ने लक्ष्य थियो। तर कोभिडको प्रभावले गर्दा यो २०५० मा धकेलिएका छौँ। यस्तै महामारी आए अझै हामी पछि धकेलिने जोखिम छ,’ उनले भने। 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *