पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धि विरुद्ध जुलुस प्रदर्शन

अर्थ/वाणिज्य राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २७ कात्तिक


नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघको संयुक्त आयोजनामा शनिवार पेट्रोलियम पदार्थमा भएको चर्को मूल्य वृद्धि विरुद्ध जुलुस प्रदर्शन गरेको छ ।

कमलविनायकबाट शुरु भएको जुलुस सूर्यविनायक चोकमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा नेक्राविसंघका संयोजक सुरेश परियारले आयल निगमका भ्रष्टाचारी कर्मचारीलाई पोस्न सरकारले जनताको ढाँड सेक्ने काम गरेको बताए । त्यस्तै नेक्रायुसंघका मिन बहादुर बाटाले जनतालाई आवश्यक विद्युत दिन नसक्ने सरकारले भारतलाई सस्तो मूल्यमा विद्युत बेचेको स्पष्ट पार्दै नेपालमा कांग्रेस सरकारले हरेक पल्ट देशलाई भारतमा बन्धकमा राखेको बताए । कार्यक्रममा विद्यार्थी संघका सचिव रमेश प्रजापतिले पनि बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *