रजत बर्ष महोत्सवको अवसरमा सरसफाइ सम्पन्न तथा कसिमला पाय् प्रतियोगिता चालू

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, २५ कात्तिक


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा बिहीबार विहान च्याम्हासिंहदेखि दतात्रयसम्म सरसफाइ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा संस्थाका समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।
संस्थाको २५ औं वर्षको अवसरमा कात्तिक २७ गते शनिवार सूर्यमढीमा हुने रजत वर्ष महोत्सवको अवसरमा भएको साप्ताहिक कार्यक्रम अन्तर्गत सरसफाइ कार्यक्रम भएको हो ।

त्यस्तै सोही अवसरमा वाकुपति नारायण स्थानमा भइरहेको खुला कसिमला पाय् प्रतियोगिताको बिहीवार फाइनल खेल सम्पन्न भएको छ । दोस्रो राउण्डबाट बुधबार भएको खेलमा बलराम प्रजापति, असल बहादुर प्रजापति, विष्णु सुवाल, सेते बहादुर कुस्मा, लक्ष्मी भक्त कोजू, सिताराम न्हेम्हाफुकी, विक्रम प्रजापति, लक्ष्मी प्रसाद गोसाई, शिवशंकर भुजु, जयराम कोजू, सिताराम कासिछ्वा, कृष्णसागर कोजू, रामचन्द्र कोजू, श्रीराम कासिछ्वा, श्याम प्रजापति र हरिषचन्द्र प्रजापति तेस्रो राउण्डमा जान सफल भएका थिए ।

बिहीबार भएको क्वाटर फाइनल खेलमा भने असल बहादुर प्रजापति, सेते बहादुर कुस्मा, लक्ष्मी भक्त कोजू, विक्रम प्रजापति, शिव शंकर भुजु, सिताराम कासिछ्वा, राम चन्द्र कोजू र श्याम प्रजापति विजयी हुन सफल भएका छन् । बिहीबारै भएको खेलबाट सेते बहादुर कुस्मा, लक्ष्मी भक्त कोजू, शिवशंकर भुजु र श्याम प्रजापति सेमिफाइनलमा गएका छन् । त्यसबाट सेते बहादुर कुस्मा र श्याम प्रजापति फाइनल प्रवेश गर्न सफल भएका छन् भने तेस्रो स्थानका लागि लक्ष्मी भक्त कोजू र शिव शंकर भुजुबीच खेल हुनेछ ।
आयोजकका अनुसार रजत वर्ष महोत्सवका दिन विहान ९ः०० बजे सोही स्थानमा फाइनल र तेस्रो स्थानको खेल हुनेछ । शुक्रबार साँझ ४ः०० बजे संस्थाकै प्राङ्गणबाट सुकुन्दा ¥याली हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *