पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २६ कात्तिक

पछिल्लो २४ घण्टामा ३९७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार १३४ पीसीआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ४१५ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ४९८ सक्रिय संक्रमित छन्।गत २४ घण्टामा ३८९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ।

उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १९० जना आइसीयू र ५७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *