काठमाडौं र ललितपुरमा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित, मुगु र हुम्लामा शून्य 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २३ कात्तिक

देशभर दुई वटा जिल्लामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। बागमती प्रदेशको काठमाडौं र ललितपुरमा मात्र कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै ९ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलालीमा मात्र दुई बढी सक्रिय संक्रमित छन्। हाल मुगु र हुम्लामा मात्र सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *