रजत वर्ष महोत्सवको अवसरमा कसिमला पाय् प्रतियोगिता शुरु

अर्थ/वाणिज्य खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट भक्तपुर
भक्तपुर, २३ कात्तिक


भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष महोत्सवको अवसरमा संस्थाकै आयोजनामा मंगलबार स्थानीय वाकुपति नारायण स्थानमा कसिमला पाय् प्रतियोगिताको पहिलो राउण्ड सकिएको छ ।

कसिमला पाय् प्रतियोगितामा जम्मा ६४ जनामध्ये पहिलो राउण्डमा ३२ जनाको खेल सकेको हो । उत्साहित रुपमा शुरु भएको उक्त खेलको उद्घाटन संस्थाका अध्यक्ष बलराम प्रजापतिले गोटीको चाल चलाई गरेको हो ।  उत्साहित रुपमा शुरु भएको उक्त खेलको उद्घाटन संस्थाका अध्यक्ष बलराम प्रजापतिले गोटीको चाल चलाई गरेको हो । संस्थाका सञ्चालक सदस्य राजेश प्रजापतिको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा अध्यक्ष बलराम प्रजापतिले बोलेको थियो । नकआउट चरणमा खेलाइने उक्त खेलको क्वार्टर फाइनलदेखि बेस्ट अफ थ्री का आधारमा खेलाइने संस्थाका व्यवस्थापक सत्यनारायण साँयजूले बताए । खेलको फाइनल कार्तिक २५ गते र त्यसको पुरस्कार वितरण रजत वर्ष महोत्सवका दिन कार्तिक २७ गते हुने उनले जानकारी दिए ।

मंगलबार भएको पहिलो राउण्डमा उकेश सुवाल, बलराम प्रजापति, मंगलराम प्रजापति, असल बहादुर प्रजापति, इन्द्र बहादुर द्योपाला, विष्णु सुवाल, सेते बहादुर कुस्मा, आस कुमार लाखा, बालकृष्ण कुसी, लक्ष्मी भक्त कोजू, सिताराम न्हेम्हाफुकी, बुद्धिराम प्रजापति, विक्रम प्रजापति, हरि गोविन्द शिल्पकार, लक्ष्मी प्रसाद गोसाई, कृष्ण नारायण प्याठ, लतं भक्त प्रजापति, शिवशंकर भुजु, विश्वराम कवां, जयराम कोजू, सिताराम कासिछ्वा, आयूषा फैजू, गंगा प्रसाद प्रजापति, कृष्ण सागर कोजू, राम चन्द्र कोजू, कृष्ण प्रसाद प्रजापति, श्रीराम कासिछ्वा, नोरिफ प्रजापति, विनिता सुवाल, श्याम प्रजापति, भिम बहादुर प्रजापति र हरिष चन्द्र प्रजापति दोस्रो राउण्डमा जान सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *