प्रहरीले ९ लाखभन्दा बढी रकमसहित तनहुँबाट जुवाडेलाई पक्राउ गरेको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका ८ ढोरफेदीका बिलबहादुर गुरूङको घरमा जुवा खेलिरहेकाहरूलाई गए राति करिब १ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।
९ लाख ११ हजार चार सय ५ रूपैयाँसहित २९ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलचौताराको टोली गुरूङको घरमा पुगेको थियो।
पक्राउ परेकालाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत अनुसन्धान सुरू गरिएको मैनालीले बताए।