चीनबाट अनुदानमा आयो १६ लाख डोज कोभिड खोप, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १७ कात्तिक

चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोपको १६ लाख मात्रा (डोज) आज (बुधबार) नेपाल आइपुगेको छ। खोप बिहान नेपाल आइपुगेको हो।

चीनले अनुदानमा उपलब्ध गराएको उक्त खोप आज स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ। चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अनुदान स्वरुप आएको खोप हस्तान्तरण गरेकी हुन्।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि चीनले नेपाललाई थप १६ लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो।

गत साउन १ गते प्रधानमन्त्री देउवासँगको भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत यान्छीले अनुदान स्वरुप थप १६ लाख डोज खोप उपलब्ध गराइने जानकारी दिएकी थिइन्।

चीनले नेपाललाई यस अगाडि नै १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको थियो। आज हस्तान्तरण गरिएको १६ लाखसहित नेपाललाई चीनले ३४ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ।

स्वास्थ्यमन्त्री खतिवडाका अनुसार नेपालले खरिद प्रक्रिया मार्फत समेत १ करोड डोज चिनियाँ खोप नेपाल ल्याइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *