२४ घण्टा १०९५ जनामा कोरोना संक्रमण पुष्टि, २९५७ जना निको भए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ४ असाेज

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७८६ जनाको पिअिसार परीक्षण गर्दा ९७५ र तीन हजार ३१ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर दुई हजार ९५७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ एक जना संक्रमितको मृत्यु भएको छ।

देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २० हजार ८९१ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ४३२ संक्रमित छन् भने  ३७१ जना आइसियुमा र १०८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २६४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २२ हजार १९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *