पूर्ण के. मानन्धर
मध्यपुर, १६ कात्तिक
नेपाल राष्ट्रिय ज्ञानमाला समिति अन्तर्गत भक्तपुर जिल्ला क्षेत्रीय उपसमितिको आयोजनामा मैत्रीय ज्ञानमाला भजन खलः काे व्यवस्थापनमा नेपाल राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष श्रीमती रमना श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल सम्बत ११४५ न्हूदँ (नयाँवर्ष) तथा तिहारकाे अवसरमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम मध्यपुर- थिमि, चोडे टोलमा सम्पन्न भएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेपाल सम्बत, न्हूदँ( नयाँ वर्ष)काे उत्सव एक, दुई दिन मात्र मनाएर हुँदैन सँधै हामीले व्यवहारमा लागु गर्नुपर्ने बताए । साथै ज्ञानमाला भजन बुद्ध शिक्षामा आधारित भएकोले पंचशील लगायतका शिक्षाहरू व्यवहारमा प्रयोग गर्नुपर्ने कुरामा जाेड दिए।
विशेष अतिथि मध्यमाञ्चल उपाध्यक्ष पुण्यरत्न शाक्यले पात्राेमा तिथि मितिमा अन्याैल देखिएकाले चाडपर्व मनाउन समस्या भएकाे बताउँदै, सबैले मिलेर समस्या सुल्झाई एकरूपताका साथ मनाउनु पर्नेमा जाेड दिए। भक्तपुर जिल्ला क्षेत्रीय उपसमितिका सचिब तुल्सीकाजी मानन्धर, मानन्धर युवा समुह, मध्यपुर थिमि चोडेका अध्यक्ष सुजन मानन्धरले नेपाल सम्बत तथा तिहारको महत्त्व तथा शुभकामना मन्तव्य व्यक्त गरे।
कार्यक्रमकाे सुरुमा ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो । कार्यक्रम नेपाल राष्ट्रिय ज्ञानमाला समिति अन्तर्गत भक्तपुर जिल्ला क्षेत्रिय उपसमितिका संयोजक गणेशराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुर जिल्ला क्षेत्रीय उपसमितिया सह- संयोजक गौतम बज्राचार्य स्वागत तथा मैत्रिय ज्ञानमाला भजन खलःका अध्यक्ष चनेलाल मानन्धरले धन्यवाद व्यक्त गरेकाे थियाे । कार्यक्रम पंचशील प्रार्थनाबाट शुरू भई पुण्यानुमोदान गरी सम्पन्न भएको थियोे ।