अष्ट्रेलियाको सिड्नीमा थप एक महीना लकडाउन

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

एजेन्सी, १३ साउन

अष्ट्रेलियाको सिड्नीमा थप एक महीना लकडाउन

अष्ट्रेलियाको सिड्नीमा थप एम महीनाको लागि लकडाउन थपिएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएसँगै सिड्नीमा गत जुनदेखि लकडाउन गरिएको थियो । यसवर्ष मात्र सिड्नीमा २५ सयभन्दा धेरै मानिसमा कोरोनाको संक्रमण देखिएको छ । बुधबार न्यु साउथ वेल्समा समग्रमा १७७ नयाँ संक्रमित फेला परेका छन् । दैनिक नयाँ संक्रमितको यो संख्या गत मार्चयताकै सबैभन्दा धेरै हो ।

न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले शुक्रबारबाट सहरमा लकडाउन खुकुलो पार्नु सम्भव नरहेको बताएकी हुन् । अहिले थपिएको एक महीनाको लागि लकडाउनको नियम अझै कडा बनाइएको छ ।

अष्ट्रेलियाको भिक्टोरिया र साउथ अष्ट्रेलियामा लगाइएको लकडाउन भने बुधबारबाट हटेको छ । कोरोना महामारीको अधिकांश समय अष्ट्रेलियामा संक्रमितको संख्या तुलनात्मकरुपमा निकै कम देखिएको थियो । त्यसका लागि सरकारले सीमा बन्द गर्ने, बाहिरबाट आउनेलाई क्वारेन्टिनमा राख्नेलगायतका व्यवस्था गर्दै संक्रमण नियन्त्रण गर्दै आएको छ । यद्यपि पछिल्लो समय कोरोनाको डेल्टा भेरियन्टको संक्रमण फैलिएसँगै अष्ट्रेलियामा संक्रमण बढेको हो ।

जानकारहरुले यो लकडाउन सेप्टेम्बर वा अझै परसम्म पनि जान सक्ने चेतावनी दिएका छन् । अधिकारीहरुले संक्रमणदर शून्यको हाराहारीमा नपुग्दासम्म लकडाउन खोल्न नसकिने बताएका छन् । यद्यपि पछिल्लो समय मानिसहरुले भने लकडाउनको विरोध गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *