दैलेख सदरमुकामको एक पसलमा आगलागि ,पुर्ण रुपमा क्षति

समाचार

दैलेख, ३ पुस


दैलेख सदरमुकामको एक पसलमा आगालगि हुँदा पुर्ण रुपमा क्षति भएको छ । नारायण नगरपालिका– १ मा रहेको तारा केशर अधिकारीको ‘अधिकारी भेराईटी एण्ड अडर्र सप्लायर्स’ मा आगलागी भएको हो । आगलागीका कारण कपडा, जुत्ता चप्पल लगाएतका सामान जलेर नष्ट भएको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीका अनुसार विद्युत सट भएर नै आगलागि भएको हुन सक्ने बताईएको छ । ‘ हामि करिब राति १बजेति त्यहाँ पुगेको र २ बजे आगो पुर्ण रुपमा नियन्त्रण लिएका थियौँ । दुई तिन देखि पसल बन्द थियो ,प्रहरी प्रमुख वलीले भने् , सटर बन्द हुँदा भित्र विद्युत नै सट भएको हुन सक्छ ।आगालागि बाट पसल भित्र रहेका अधिकाँश सामान जलेको वलीले यत्ति बराबरको क्षति भयो भन्ने नसक्ने बताए । आगो रातिमा लागेको कारण स्थानीयल समयमा नै जानकारी नपाउँदा क्षति धेरै हुन पुगेको स्थानीयले बताएका छन् ।
पसल भित्र रहेका सामान जलेको कारण पसल भित्र आगो निभाउन मुस्कील भएकोले जल्दै गरेको सामान बाहिर सडकमा फालेर आगो नियन्त्रणमा लिईएको छ । आगो निभाउन स्थानीयले घरमा खानाको लागि भरेर राखेको पानी प्रयोग गरिएको थियो । पसलका सञ्चालक अधिकारी गाउँतिर भएको बेलामा आगो लागेको कारण र उनलाई फोन गर्दासमेत फोन नलागेपछि के कति क्षति भयो भन्ने अहिले नै एकिन तथ्याङ्क पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *