भ्रष्टाचारविरोधी दिवस मनाइयो

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २ साउन

ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले सामन्तवादी व्यवस्थाले भ्रष्टाचारीहरूको संरक्षण गरिरहेको चर्चा गर्दै पुँजीवादी व्यवस्थाका खराबीबारे जनतालाई सुसूचित गर्नु कार्यकर्ताको कर्तव्य  भएकाे बताए । उनले भने, “सही सिद्धान्त, नीति र मार्गनिर्देशनले देश र समाजको नेतृत्व गर्ने भएकोले निष्ठाको राजनीति आवश्यक छ ।”

नेमकिपाको निरन्तर सङ्घर्षबाट जोताहा किसानहरूलाई मोहियानी हक प्राप्त भएका उल्लेख गर्दै उनले तराईमा किसान आन्दोलन उठ्न नसक्दा कमैया, हरूवा–चरुवाहरूले जोताहा हक पाउन नसकेको हुँदा मोहियानी हकको लागि आन्दोलन गर्नुको विकल्प नभएकाे बताए ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका सदस्य पाण्डव सुवालले पुँजीवादी व्यवस्थाको छाँयाको रूपमा भ्रष्टाचार आउने भएकोले पुँजीवादी व्यवस्थाको विरोध र भ्रष्टाचारविरुद्ध जनतालाई सचेत बनाउनु पर्ने स्पष्ट पारे ।
नेपाल मजदुर किसान पार्टी चाँगुनारायण वडा नं. ९ ताथली समितिका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकीको सभापतित्वमा भएको कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यात र चन्द्र थुयाजूले भ्रष्टाचारविरोधी ऐतिहासिक आन्दोलनको इतिहासबारे बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *