इन्धनको मूल्य वृद्धि : भोलिदेखि वितरणमा रोक लगाउने पाँच विद्यार्थी संगठनको चेतावनी

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २९ असार

फाइल तस्वीर

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बुधबारदेखि इन्धन वितरणमा रोक लगाउने घोषणा गरेको छ । पाँच विद्यार्थी संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असार ३० देखि देशभरका पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र ढुवानी ट्याङ्करहरु बन्द गर्ने जनाएका हुन् ।

उनीहरुले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्षलाई ध्यानाकर्षण गराउँदै जनताको ढाड सेक्ने गरी भएको मूल्य वृद्धि फिर्ताका लागि एशोसिएसन मातहतका सम्पूर्ण पेट्रोल पम्प र ढुवानी ट्यांकहरु बन्द गरी आन्दोलनमा सहयोग गर्न आह्वान समेत गरेका छन् ।

नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुरेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुको ध्यानाकर्षणप्रति अवज्ञा गरिएमा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी व्यवसायी र एशोसियसन स्वयं हुने चेतावनी समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *