पछिल्लो २४ घण्टामा ३३९ संक्रमित थपिए, काठमाडौं उपत्यकामा १६३ जना

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ चैत

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पिसिआर परीक्षणमा २९८ र एन्टिजिन परीक्षणमा ४१ गरी ३ सय ३९ जनामा कोरोना पोजिटिभ आएको हो।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार ८ सय ९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ७४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ५ सय २९ जना पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल ६५ जना क्वारेन्टाइनमा छन्।

नेपालमा पछिल्ला दिनमा संक्रमणको दर बढ्दै गएको छ। संक्रमण बढ्दै गएपछि मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्दै आइरहेको छ। भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात धोएमा संक्रमणबाट जोगिन सकिने डा गौतम बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *