‘एक क्षेत्र – एक बाटो’ बारे नेपाल – चीन राजनीतिक दलबीच प्रथम सम्मेलन

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ६ कात्तिक

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय सम्बन्ध विभागले मङ्गलबार ‘एक क्षेत्र–एक मार्ग’ (वन बेल्ट वन रोड) बारे नेपालका राजनीतिक दलहरूसँग संयुक्तरूपमा सम्मेलन मङ्गलबार आयोजना गरेकाे छ । नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापनाको ६५ औँ वर्ष र चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा नेपाल भ्रमण गरेको एक वर्ष पूरा भएको अवसरमा आयोजित प्रथम सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता र नेपालका राजनीतिक दलका नेताहरूको सहभागिता थियो ।
सम्मेलनबाट पाँच बुँदे प्रस्ताव पारित गरिएको छ ।

सम्मेलनले हिमाल शृङ्खलाले जोडेको नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आपसी हितका निम्ति अनिवार्य भएकोमा जोड दियो । कठीन भूगोलमा पनि विकास निर्माण पुर्‍याउने र त्यहाँका नागरिकलाई स्तरीय जीवन दिने उद्देश्यका साथ ‘एक क्षेत्र–एक मार्ग’ को अवधारणा आएको प्रस्ट धारणा चिनियाँ अधिकारीहरूले राखे । नेपाली नेताहरूले नेपाल–चीनबीचको सम्बन्ध ‘आधुनिक रेशममार्ग’ को विकाससँगै प्रगाढ, विकसित र उदाहरणीय बन्ने विश्वास व्यक्त गरे ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेशमन्त्री सोङ ताओले नेपाल र चीन इतिहासदेखि नै असल मित्र तथा छिमेकी भएको चर्चा गरे । उनले भने, “एक क्षेत्र–एक मार्ग सफल बनाउन दुवै देशका राजनीतिक दलहरू र विभिन्न समुदायबीच आपसी समन्वय, सम्बन्ध तथा सहमति आवश्यक छ । दुई देश र दुई देशका जनताको हित हुने गरी हामी अगाडि बढ्छौँ । हामी अत्यन्त व्यवहारिक ढङ्गमा जान्छौँ र सबैको फाइदा हुने गरी सफलीभूत पार्छौं । राजनीतिक दल र तिनका शीर्ष नेताहरूका सुझाव एवम् मार्गनिर्देशनबाट बीआरआई लाभदायक बनाउन सम्भव हुनेछ ।”

मन्त्री ताओले अगाडि भने, “अति कम विकसित तथा कम विकसित भूभागका जनतासम्म विकास पुर्‍याउने बीआरआईको उद्देश्य हो । क्षेत्रीय स्थायित्व, शान्ति तथा समुन्नतिको लागि यसको विकल्प छैन ।”

“बीचमा कुनै राजनीतिक र प्राकृतिक बाधा–व्यवधान आएन भने सारा संसारका जनताको व्यापक दृष्टिकोणले कार्यान्वयन हुँदै गएमा रूसको भ्लादिभोस्तोकदेखि पूर्वी र उत्तरदेखि वेइरिङ स्ट्रीट अर्थात् अलास्का पुग्दै त्यो नयाँ रेशममार्ग र रक्की पहाडको श्रृङ्खलाहरूबाट क्यालिफोर्निया, मेक्सिको हुँदै पानामाबाट दक्षिण अमेरिका पुग्नेछ ।”

चीनले कोभिड–१९ विरुद्ध लड्न सघाइरहेको स्पष्ट पार्दै उनले त्यही लडाइँको क्रममा चीनलाई ऐक्यबद्धता तथा सहानुभूति प्रदान गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गरे । उनले शीतयुद्धको मानसिकताविरुद्ध एकजुट भई साझा हितको मार्गमा अग्रसर हुन आवश्यक भएको स्पष्ट विचार राखे ।
नेपाल मजदुर किसान पार्टीको तर्फबाट पार्टी केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले इतिहासको एक युगमा चिनियाँ जनताले अन्य महादेशका देश र छिमेकी देशहरूसँग सम्पर्क, मित्रता, आवत–जावत र व्यापारको आदान–प्रदान गर्नमा ठूलो कष्टसाध्य कार्य गरेको एउटा नमुना ‘रेशममार्ग’ भएको बताए ।
उनले ‘नयाँ रेशममार्ग’ ले नयाँ युगको सेवा गर्ने विश्वास व्यक्त गर्दै नेपाल–चीनजस्ता छिमेकी देशहरूमा मात्रै होइन अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूसम्म चीनको सडक तथा समुद्री मार्गको विस्तारले यो कुरा प्रस्ट पारेको बताए ।
उनले भने,“बीचमा कुनै राजनीतिक र प्राकृतिक बाधा–व्यवधान आएन भने सारा संसारका जनताको व्यापक दृष्टिकोणले कार्यान्वयन हुँदै गएमा रूसको भ्लादिभोस्तोकदेखि पूर्वी र उत्तरदेखि वेइरिङ स्ट्रीट अर्थात् अलास्का पुग्दै त्यो नयाँ रेशममार्ग र रक्की पहाडको श्रृङ्खलाहरूबाट क्यालिफोर्निया, मेक्सिको हुँदै पानामाबाट दक्षिण अमेरिका पुग्नेछ ।”
उनले चीनको ‘रेशममार्ग’ ले आधुनिकता प्राप्त गरेसँगै मानव जातिले नयाँ युगमा पदार्पण गर्ने जहाँ आर्थिक र व्यापारिक आदान–प्रदानको विकासको साथै कोरोना भाइरस र इबोलाजस्ता पछि आउने अनेक रोग, भोकमरी र बेरोजगारीमा विश्व एक भई कम समयमै मानवजातिमा देखापर्ने अनेक नयाँ नयाँ समस्याहरूलाई समाधान गर्ने बताए।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको शुभकामना सन्देश प्रस्तुत गरिएको कार्यक्रममा नेकपाका पुष्पकमल दाहाल, नेपाली काङ्ग्रेसका प्रकाशशरण महत, राप्रपाका गीताभक्त जोशी, जसपाका बाबुराम भट्टराई, मालेका सीपी मैनालीलगायतले आ–आफ्ना धारणा राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *