खोकनामा धान पाक्दा किसानलाई चटारो 

अर्थ/वाणिज्य विज्ञान/प्रविधि विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, २ कार्तिक

ललितपुरको खोकनाका किसान हिजोआज धान थन्क्याउन ब्यस्त छन् । गत असार– साउनमा रोपेको धान अहिले फाँटमा लहलह झुलेको छ । त्यसैले किसानहरू खेतमा थ्रेसर मेशिनले धान झार्ने, पराल सुकाउने र धान घरमा लेजाने  काममा ब्यस्त  छन् ।तराईलाई काठमाडौंसँग जोड्ने फास्ट ट्र्याकका कारण यहाँका धेरै जमिन मासिन लागेको भन्दै स्थानीय वासिन्दा विरोधमा छन् । यहाँको फाँटका धेरै जग्गा फास्ट ट्र्याकको प्रभाव क्षेत्रमा रहेकाले ती क्षेत्रमा रोपाईं गर्दा प्रशासन र किसानबीच झडप भएको थियो ।किसानले कतिपय क्षेत्रमा प्रशासनकै विरोधका बाबजुद रोपाईं गरेका थिए । अहिले ती क्षेत्रमा धान पाकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *