काठमाडौं उपत्यकामा थपिए २१२९ जना कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ असाेज

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जना संक्रमित भेटिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

आज देशभर ३३ हजार ९ सय १५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *