यी हुन् प्रमाणपत्र तहको कार्यक्रममा स्तरोन्नति गर्नका लागि स्वीकृति पाएका ६६ संस्था

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २६ जेठ

चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका प्रमाणपत्र तहभन्दा मुनिका ६६ वटा संस्थालाई प्रमाणपत्र तह वा सोसरहको कार्यक्रममा स्तरोन्नति गर्न स्वीकृति दिएको छ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आयोगको नवौं बैठकले आयोगले गत मंसिर ७ र फागुन  ५ गते स्तरोन्नतीका विषयमा गरेको निर्णयलाई स्वीकृत गरेको हो।

चिकित्सा शिक्षा ऐनमा प्रमाणपत्र तहभन्दा मुनिका सिएमए, अनमी, ल्याब असिस्टेन्ट, आयुर्वेद सहायक, आम्ची र अकुप‌ञ्चर विषयको शैक्षिक कार्यक्रम फेजआउट गर्ने व्यवस्था छ। ऐनमा यी कार्यक्रम चलाउने शिक्षण संस्थाले दुई वर्षभित्र प्रमाणपत्र वा सो सरहको कार्यक्रम सञ्चालनका लागि स्तरोन्नति गर्ने सक्ने व्यवस्था थियो।

सीटीईभीटीले सोही व्यवस्था अनुसार १२२ वटा संस्थाको स्तरोन्नतिका लागि आयोगमा सिफारिस गरेको थियो। तर आयोगले केही संस्थाको अनुगमन र कलेजहरुको कागजपत्र लगायतका विषय अध्ययन गरेर ६६ वटा संस्थालाई मात्र प्रमाणपत्र वा सोसरहको कार्यक्रम सञ्चालनका लागि स्तरोन्नति गर्ने अनुमति दिएको हो।

स्तरोन्नतिका लागि अनुमति पाएका कलेजले चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पूरा गरेपछि प्रमाणपत्र वा सोसरहका कार्यक्रम सञ्चालन गर्न पाउनेछन्। यी कलेजहरुलाई नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, आयुर्वेद चिकित्सा, मिडवाइफरी, आम्ची साइन्स, अकुपञ्चर, अकुप्रेसर एन्ड मोक्सिबुसन र रेडियोग्राफी, फिजियो थेरापी विषयमा स्तरोन्नति गर्न सकिन्छ।

यी विषय अध्यापनका लागि शिक्षण संस्थाहरुसँग अनिवार्य रुपमा अस्पताल हुनुपर्छ। मापदण्ड अनुसार नर्सिङ वा मिडवाइफरीका लागि एक सय शय्या, सामान्य चिकित्सा, ल्याब कार्यक्रमकाक लागि ५० शय्या, आयुर्वेद, आम्ची, अकुपञ्चरका कार्यक्रमका लागि १५ शय्याको अस्पताल आवश्यक हुन्छ।

यी हुन् स्तरोन्नतीका लागि स्वीकृत पाएका ६६ कलेज

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *