उपत्यकामा एकैदिन थपिए २५४० संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ असाेज

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५४० कोरोना संक्रमित थपिएका छन। यो हालसम्मकै उच्च संक्रमण हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५ , ललितपुरमा ३२०  र भक्तपुरमा १३५ जनालाई  कोरोना संक्रमण देखिएको छ।
उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ।

काठमाडौंमा २९ हजार ३७८, ललितपुरमा ४ हजार  ११ र भक्तपुरमा  २ हजार ९१९ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ६७५ छ। योसँगै हालसम्म ७१ हजार ३४३ पुगेको छ।
आज देशभर २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *