२५ घन्टापछि ठड्याइयाे, २ घण्टापछि ढाल्याे भक्तपुरकाे लिंगाे, बिहीवार टाेल टाेलमा खट जात्रा

समाचार
न्यूज अपडेट

भक्तपुर , २ बैशाख

२५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे

बिस्का जात्राको प्रमुख आकर्षणका रूपमा रहेकाे लिंगाे २५ घन्टापछि ठड्याइएकाे छ । स्थानीय जात्रालुले मंगलबार रातभर प्रयास गरे पनि लिंगाे उठाउन सकेका थिएनन् ।
बुधबार लिंगाे उठाउनका लागि विहानैदेखि प्रयास गरेका थिए । लामाे प्रयासपछि अन्ततः ६ बजेर ३५ मिनेटमा लिंगाे उठाइएकाे छ ।
मंगलबार साँझदेखि लिंगाे उठाउनका लागि बालबच्चादेखि ज्येष्ठ नागरिकसम्म सरिक भएका थिए । उनीहरूले मध्यरातसम्म प्रयास गरे पनि टेकाे लगाउने विधि र तरिका नमिल्दा लिंगाे उठ्न नसकेकाे स्थानीयले बताए ।
लिंगाे उठाईएपछि जात्रामा सहभागी खुसीले धिमे, भुस्याकाे तालमा नाचेका थिए । स्थानीयले मंगलबार साँझ ५ बजेदेखि लिंगाे उठाउने प्रयास गरेका थिए । तर लिंगाे उठाएकाे २ घण्टापछि नै ढालेका थिए ।

बिहीवार भक्तपुरका विभिन्न टाेलमा खट जात्रा भइरहेकाे छ । त्यसअनुसार महाकाली महालक्ष्मीकाे खट जुढाउने साँझकाे जात्रा पनि त्यत्तिकै रूचीकर छ । आजै बाेडे भक्तपुरमा जिब्राे छेड्रने जात्रा भएकाे छ । त्यस्तै मध्यपुरमै सिन्दुरजात्रा पनि भएकाे स्थानीयले जानकारी दिएकाे छ । भाेलि भक्तपुरमा ब्रम्हायणीकाे जात्रा हुनेछ । पर्सी शनिवार चाेछेँमा छुमा गणेशकाे जात्रा हुने जानकारी प्राप्त भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *