सुदूरपश्चिमका ७ जिल्लामा दुई लाख ४६ हजारको स्वास्थ्य बीमा

समाचार स्वास्थ्य

धनगढी, २१ माघ


सुदूरपश्चिम प्रदेशमा ७ जिल्लाका दुई लाख ४६ हजार २०३ व्यक्तिको योगदानमा आधारित स्वास्थ्य बीमा गराइएको छ । बीमितहरुबाट झण्डै चार करोड रुपैयाँ संकलन भएको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीको तथ्यांकले देखाएको छ । चालु आ.व.को फागुन पहिलो साता प्रदेशका बाँकी दुई जिल्ला डोटी र डडेल्धुरामा पनि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारी अघि बढाइएको छ । कैलालीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम हाल नेपालका ५० जिल्लामा विस्तार भइसकेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।
सवैभन्दा बढि कैलालीमा एक लाख ३५ हजार ८३१, बैतडी ११ हजार ९९०, अछाम २५ हजार ८०६, बाजुरा २६ हजार ५७४, बझाङ ३० हजार १२२, दार्चुला ५ हजार ६८५ तथा कञ्चनपुरमा १० हजार १९५ को बीमा गरिएको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश प्रमुख जनक साउँदले बताए । सुदूरपश्चिमबाट आर्थिक वर्ष २०७४÷७५ र आव २०७५÷७६ सम्म बीमा शुल्कवाफत रु ३ करोड ८१ लाख ३७ हजार ६६२ संकलन भएको छ । सो अवधिसम्ममा कैलालीबाट दुई करोड ३६ लाख २४ हजार २१७, बैतडी ४३ लाख ४३ हजार ३४०, अछाम ३० लाख ४२ हजार ७४५, बाजुरा २० लाख ९८ हजार ६३४, बझाङ २० लाख ११ हजार ७७५, दार्चुला १२ लाख ९६ हजार ४७५ तथा कञ्चनपुरबाट १७ लाख २० हजार ४७५ रुपैयाँ संकलन भएको प्रदेश संयोजक साउँदले बताए ।
सो अवधिसम्म योगदानमा आधारित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमा गराएका बीमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराएवाफत सेती प्रदेशिक अस्पताल धनगढीलाई रु एक करोड ९१ लाख ३३ हजार ३०७, टीकापुर अस्पतालाई रु एक करोड १८ लाख ९६ हजार ८८५, गेटा आँखा अस्पताल ४४ लाख ६२ हजार ४६७, मालाखेती अस्पताल एक लाख ८५ हजार ६२१, डडेल्धुरा अस्पताल ७ लाख ४९ हजार ९५७, जिल्ला अस्पताल बाजुरालाई रु २८ लाख ४५ हजार ४८९ रुपैयाँ प्रदान गरिएको संयोजक साउँदले जानकारी गराए । स्वास्थ्य बीमाप्रति विशेष गरी ग्रामीण समुदायको आकर्षण बढ्दै गएको उनले बताए ।
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य सेवा प्रदान गरी दिएवाफत जिल्ला अस्पताल बैतडीलाई ६ लाख ६२ हजार ५३४, अछाम ४ लाख ७ हजार ८६०, बझाङ ६ लाख २७ हजार ६१६, दार्चुला २६ हजार ७०७, घोडाघोडी अस्पताल ४० लाख २० हजार ४९३, लालरत्न अस्पताल १६ लाख ६२ हजार ७५४, वर्दगोरिया अस्पताल ३ लाख १७ हजार ४३, नवजीवन अस्पताल १० लाख ३९ हजार ९५७, भजनी हेल्थ पोष्ट एक करोड ५१ हजार ९९८, उदासीपुर १६ लाख तीनहजार १९३, जोशीपुर ३६ लाख ४२ हजार ८८०, पाटन ७ लाख ७३ हजार ९७२, राभल चारलाख ८० हजार ४२५, बैलपटा अस्पताल तीन लाख ७६ हजार ८८९ तथा गोकुलेश्वर दार्चुला अस्पतालको खातामा रु ७२ हजार ७१ रुपैयाँ स्वास्थ्य सेवा दिएवापत रकम जम्मा गरिएको बोर्डको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *