पर्यटकीय गन्तव्य स्र्यापूताल

पर्यटन मनोरञ्जन समाचार

रुकुम, २१ माघ


डाँडाकाँडाको बीचमा ताल, माछाले सयर गरिरहेका ढुंगा तथा र्‍याप्टिङवाट वारपार गर्न सकिने,जो कोहीलाई पनि स्यार्पु ताल पुग्दा स्वर्ग जस्तै लाग्छ । वरिपरिको सौन्दर्यता र स्यार्पुको सुन्दरताले पर्यटकहरुको मन लोभ्याउँछ । अनुपम सुन्दरताको धनि मानिने यो ताललाई पर्यटकहरुले सहजै भुल्न मुस्किलै पर्छ । जिल्ला सदरमुकाम मुसीकोट खलंगा देखी झण्डै दुई घण्टामा स्यार्पूताल पुग्न सकिन्छ ।
यो ताल जिल्लाको सबै भन्दा ठूलो ताल हो । जिल्लाको महत्वपुर्ण पर्यटकीय क्षेत्रका रुपमा परिचित यो ताल प्रचार प्रसार अभावमा खुम्चिएको छ । प्राकृतिक उपहार जस्तै मानिने यो ताल संरक्षणको अभावमा छ । बाह्य पर्यटकहरु यहाँ सम्म पुग्न सक्दैनन् । आन्तरिक पर्यटकहरु फाटफुट आउने गरेपनि अपेक्षा अनुसार पर्यटकहरु आउन नसकेको स्थानीय गोपाल केसीले बताए ।तालको प्रचार प्रसार गर्न यहाँ स्यार्पु महोत्सव समेत गरिएको थियो । महोत्सव मार्फत केहि प्रचार प्रसार भएपनि पर्यटकीय आगमन प्रयाप्त हुन सकेको छैन् । यो ताल सौन्दर्यताले भरिपुर्ण छ । सुन्दरताको बयान गर्न नसकिने छ । तर आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनले यो ताल सुनसान छ । मन्दगतिमा बग्ने तालभित्रको पानी, पानी भित्र माछा र पानी माथी ढुंगा र र्‍याप्टिङले पर्यटकहरुलाई झनै आनन्द थप्ने गर्दछन् ।
तालको अवलोकनका लागि वरिपरि सडक विस्तार गरिएको छ । भ्यू टावर मार्फत पनि पुरै तालको दृष्यावलोकन गर्न सकिन्छ । सुन्दरताको अनुपम उपहार मानिने यो तालको संरक्षण र प्रचार प्रसार भए पर्यटकहरु केहि मात्रामा बृद्धि हुने यस क्षेत्रका वासिन्दाहरुको अपेक्षा छ । सरकारले यसको संरक्षण र प्रबद्र्धन गर्नु पर्ने उनीहरुको भनाई छ । काठमाडौं, नेपालगञ्जवाट सिधै हवाई यात्रा र नेपालगञ्ज, दाङ, काठमाडौं, बाग्लुङ लगाएतका जिल्लाहरुवाट सवारी साधन मार्फत यहाँ पुग्न सकिन्छ । भौगोलिक विकटताका कारण धेरै पर्यटक आउन नसकेको स्थानीय खीमला रिजालले बताईन । रुकुम पश्चिमको वाँफिकोट गाउँपालिकामा पर्ने यो ताल जिल्लाको चिनारिका रुपमा चित्ररण गर्ने गरिन्छ । जिल्ला सदरमुकाम सम्म आउने पर्यटकहरु यहाँ सम्म पुग्ने गरेका छन् । वर्षेनी एक हजार सम्म आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।
पछिल्लो समय जिल्लामा पर्यटकीय क्षेत्र पहिचान र संरक्षणका लागि केहि प्रयास भएका छन् । यसले गर्दा यहाँका पर्यटकीय क्षेत्रको विकास हुने स्थानीयहरुको अपेक्षा छ । सानीभेरीको समेत आनन्द लिन सकिने यो ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न जुरुरी छ । पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सके यस क्षेत्रको आर्थिक स्तर, सामाजिक संस्कारमा समेत विकास हुने पर्यटन सूचना केन्द्रका अध्यक्ष दिपकराज खड्काले जानकारी दिएका छन् । आनन्दरुपी मुहार भएपनि यस तालमा अपेक्षा अनुसार पर्यटकहरु आउन नसकेको अध्यक्ष खड्काको भनाई रहेको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास भए यसको महत्व अझ उचाइमा पुग्ने स्थानीयको आशा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *