नेपालमा कोरोना भाइरसको डर

विशेष समाचार समाचार स्वास्थ्य

काठमाडाैं, २० माघ


चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण नेपालमा पनि हुन सक्ने भन्दै सरकारले मास्क निर्यातमा प्रतिबन्ध लगाएको छ।औषधी व्यवस्था विभागले रसायन तथा मेडिकल आपूर्ति संघ त्रिपुरेश्वरलाई पत्राचार गरेर मास्कलगायत सामग्री निर्यात नगर्ने भनेको हो।चीनमा कोरोनाभाइरस संक्रमणबाट अहिलेसम्म तीन सय ६१ जनाको मृत्यु भइसकेको छ। १७ हजार तीन सय जनामा भाइरस संक्रमण देखिएको छ।भाइरस संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ। छिमेकी देश चीनमा रहेका नेपालीलाई आवश्यक पर्दा उद्धार गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताइसकेका छन्।कोरोनाभाइरस नेपाल प्रवेश गर्न नदिन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै अन्तर्राष्ट्रिय नाकामा विशेष परीक्षण हेल्प डेस्क नै चलाएको बताएको छ।कोरोनाभाइरसका संक्रमित अहिलेसम्म नेपालमा प्रमाणित रूपमा नरहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्। आइतबार पार्टी केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्षसमेत रहेका ओलीले सजक हुनुपर्ने बताए।
चीनको वुहानबाट पैदा भएको र फैलिएको भाइरस नेपालमा प्रवेश हुन नदिन सरकार सजक छ। अहिलेसम्म नेपालमा एक जनामा फेला परेको थियो। त्यहो समाप्त भइसक्यो। कोरोनाभाइरस प्रमाणित रूपमा अहिले नेपालमा छैन, प्रधानमन्त्री ओलीले भनेका थिए।उनले चीनमा रहेका विद्यार्थीलाई आवश्यक पर्दा उद्धार गरिने बताएका छन्।आवश्यक पर्दा उद्धार गर्नुपर्ने हुनसक्छ। सरकार तयार छ। उनीहरूलाई नेपाल ल्याएपछि खुरूखुरू परिवारमा पठाउने होइन। १४ दिन क्वारेनटाइनमा राखेपछि खतरा छैन भन्ने भएमा परिवारमा पठाउन मिल्छ,प्रधानमन्त्रीले भने, यो महामारीको रूपमा फैलिने खतरा हुन्छ। क्वारेनटानइ कहाँ राख्ने ठाउँ हेरिरहेका छौं।उनले कसैलाई संक्रमण देखिएमा आइसोलेसनमा राखेर उपचार गर्ने प्रबन्ध अस्पतालहरूमा मिलाइएको पनि बताएका छन्।कसैलाई रूघाखोकी लाग्नु, आशंकित हुनु बेग्लै कुरा हो। हामी अहिले एकदम त्रसित होइन, सजक हुनुपर्ने अवस्था छ, प्रधानमन्त्री ओलीले भने।प्रधानमन्त्रीले केन्द्रीय सदस्यहरूलाई भाइरसबाट जोगिन जनतामा गएर सानातिना कुराहरू सिकाउन पनि आग्रह गरे।भीडभाडमा जाँदा मास्क लगाउने, साबुनपानीले हात धुने। साधारण लाग्ने तर स्वास्थ्यका लागि यी कुरा महत्वपूर्ण छ, उनले भने।उनले सरकारले कोरोनाभाइरसबाट बच्न काम गरिराखेको बताए। स्वास्थ्य मन्त्रालय, रेडक्रसलगायतबाट सजकता र जनचेतना फैलाउने काम भइरहेको छ,प्रधानमन्त्री ओलीले भने।
यसपछि प्रधानमन्त्रीले भीडभाडमा जाँदा अनिवार्य मास्क लगाउन पनि आग्रह गरे।नेपालमा मास्क ठूलो परिमाणमा उत्पादन नहुने उनको भनाइ छ।
यहाँ ठूलो मात्रामा मास्क उत्पादन नै हुँदो रहेनछ। बेस्सरी उत्पादन गर्दा पनि दिनको ९ हजारजति मात्रै उत्पादन हुने रहेछ, प्रधानमन्त्रीले भने, अहिले अधिकतम उत्पादन गर्ने दिशामा गइएको छ।नेपालमा सर्जिकल (स्वास्थ्यकर्मीले लगाउने) र एन ९५ मास्क बढी प्रयोग हुने गरेको छ। प्रधानमन्त्री ओलीले तथ्यांक पेश गरेको नेपालमा उत्पादन हुने मास्क सर्जिकल मास्क हो। दैनिक तीन हजार वटा उत्पादन हुने गरेको छ। कोरोनाभाइरस संक्रमण हुने भएपछि हिजोआज मास्क प्रयोग गर्ने बढेका छन्, जसले गर्दा नेपालमै उत्पादन हुने मास्कले बजार धान्न सक्दैन।
नेपाली बजारमा रहेका १२ हजार पिस मास्क चीन पठाएपछि सरकारले मास्क निर्यात नगर्न भनेको छ। नेपाल(चीन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजले तिब्बत चेम्बरलाई १२ हजार थान मास्क सहयोग गरेको थियो।
नेपाल पनि कोरोनाभाइरस संक्रमण हुन सक्ने जोखिम क्षेत्रभित्र रहेकोले मास्क, ग्लोभ्स, ह्यान्ड स्यानिटाइजरको माग बढेकोले निर्यात नगर्न विभागले आग्रह गरेको हो।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार बजारमा मास्कलगायत सामाग्री अभाव हुनसक्ने भएकोले निर्यात नगर्न भनिएको हो।
‘मास्कलगायत सामग्रीको मौज्दातलाई विचार गरी निर्यात नगर्नुरनगराउनुहुन, नेपालमा यी सामग्री उत्पादन क्षमता र विवरण पेश गर्न’ ढकालले पत्राचार गरेरै आग्रह गरेका हुन्।साथै देशैभर मास्कलगायत सामग्री पुर्‍याउन पनि आग्रह गरिएको छ।
‘ती सामग्री बिक्री, वितरण गर्दा नियन्त्रित रूपमा गरी देशैभरि उपलब्ध हुने व्यवस्था गर्न, मास्कलगायत सामग्री बिक्रीवितरण गर्दा मूल्य नबढ्ने गरी बिक्री गर्न’ पनि विभागले भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *