उद्योग वाणिज्य संघ–चितवनले मनायो ६० औं स्थापना दिवस एवं हीरक जयन्ती समारोह 

अर्थ/वाणिज्य समाचार

चितवन, २० माघ


उद्योग वाणिज्य संघ–चितवनले आज एक विशेष कार्यक्रमको आयोजना गरि संघको ६० औं स्थापना दीवस एवम् हीरक जयन्ती समारोह सम्पन्न गरेको छ । २०१६ साल माघ १९ गते व्यापार संघ–नारायणगढको नाममा स्थापित भएर उद्योग वाणिज्य संघ–नारायणगढ हुदै संघ उद्योग वाणिज्य संघ–चितवन सम्म आईपुगेको अवसरमा आफ्नो स्थापनाका साठी बर्षमा प्रवेश गरेको उपलक्ष्यमा उक्त कार्यक्रमको आयोजना गरेको हो । .
६० औं स्थापना दिवस एवम् हीरक जयन्ती समारोहमा उपस्थित आगन्तुकलाई नवनिवार्चित अध्यक्ष राजु श्रेष्ठले स्वागत गरेका थिए । सो क्रममा बोल्दै श्रेष्ठले संघको स्थापना कालदेखी हालसम्म योगदान पुर्याउनुहुने पूर्व अध्यक्ष, पुर्व कार्यसमिति र सबै उद्योग व्यवसायीको सहयोग सद्भावलेनै संघ आज यो स्थानमा आउन सफल भएको बताए । अध्यक्ष श्रेष्ठले संघका अग्रजको मार्गनिर्देशन र सल्लाह सुझाव बमोजिम अघि बढ्ने बाचा गर्दै संघको गरिमालाई अझ उच्च बनाउन आफू लाग्ने बताए ।उद्योग वाणिज्य संघ–चितवन सम्पूर्ण व्यवसायीको प्रतिनिधिमुलक छाता संगठन भएकोले सवैको सहयोग, सहभागिता र सुझावको उनले अपेक्षा राखे ।
समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् सम्पत्ति संरक्षण कोषका अध्यक्ष के.एल. भुषणले उद्योग वाणिज्य संघ–चितवन नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य रहेको बताउंदै स्थापना काल देखी हाल सम्मका गतिविधिहरुको स्मरण गरे । संघ सवैको साझा आस्थाको केन्द्र विन्दु भएकोले यसलाई अघि बढाउन आफुले सकेसम्म अझै पनि सक्रिय सहयोग पु¥याउने बताए ।  उहांले संघले बिगतमा यस क्षेत्रको सामाजिक, आर्थिक विकासमा पुर्याएको योगदानको स्मरण गरे । कार्यक्रममा संघका पूर्वअध्यक्ष महेन्द्रलाल प्रधानले संघ बिगत देखी बर्तमान सम्म विषयमा आफनो अनुभव सुनाए । संघ समय सापेक्ष रुपमा परिवर्तित हुनुपर्ने उनले औंल्याए । कार्यक्रममा संघका निबर्तमान अध्यक्ष सहनलाल प्रधान, पूर्वअध्यक्ष एवम् नेवामहासंघका केन्द्रिय कार्यकारिणी समिति सदस्य कल्याण जोशी, वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, भांडाबर्तन व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद सुवेदी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
उक्त अवसरमा संघका संस्थापक सदस्यद्धय दानबहादुर श्रेष्ठ र वसन्तलाल चुके लगायत पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *