कोरोना अपडेट : निको हुनेको संख्या ३ लाख १ हजार १३०, ८२ हजार ११९ को मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ८२ हजार ११९ जनाकाे ज्यान गएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार नेपाली समय अनुसार बुधबार बिहान ९ः३० बजेसम्म कोरोना भाइरसको संक्रमणका कारण यति धेरै मानिसकाे मृत्यु भइसकेको हाे। यस्तै संक्रमित हुनेको संख्या १४ लाख ३० हजार १४१ जना पुगेको छ।

संक्रमितमध्ये हालसम्म ३ लाख १ हजार १३० जना  उपचारपछि निको भएका छन्।

बुधबार बिहान ९ः३० सम्म एक हजारभन्दा बढी मानिसको मृत्यु भएका देश
इटालीमा कोरोना भाइरसका कारण हालसम्म १७ हजार १ सय २७ जनाको मृत्यु भएको छ।

स्पेनमा मुत्यु हुनेको संख्या १४ हजार ४५ पुगेको छ।

चीनमा ३ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ।

अमेरिकामा मुत्यु हुनेको संख्या १२ हजार ८ सय ९५ पुगेको छ।

फ्रान्समा १० हजार ३ सय ४३ जनाको मुत्यु भएको छ।

इरानमा मुत्यु हुनेको संख्या ३ हजार ८ सय ७२ पुगेको छ।

युकेमा मुत्यु हुनेको संख्या ६ हजार १ सय ७१ पुगेको छ।

नेदरल्याण्ड्समा मुत्यु हुनेको संख्या २ हजार १ सय ८ पुगेको छ।

जर्मनीमा मुत्यु हुनेको संख्या २ हजार १६ पुगेको छ।

बेल्जियममा मुत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *