काठमाडौं, १५ मंसिर
टनेल क्लिन प्रविधिमा इँटा पोली चाइनिज इँटाको उत्पादन शुरू गरिएको छ । गोर्खा इको रेड व्रिक्स प्रालिले ‘गोर्खा चाइनिज इँटा’ उत्पादन शुरू गरेको हो । बनेपाको बासडोलमा उद्योग राखी इँटाको उत्पादन थालेको हो ।
गोर्खा चाइनिज इँटाको आकार साढे नौ इन्च लम्वाई, साढे चार इन्च चौडाई र सवा दुई इन्च मोटाइको रहेको छ । यो इँटा तुलनात्मक रुपमा अझ बढी मजबुत, सबैतिर सीधा आकार मिलेको र स्मुथ फिनिसिङको हुने कम्पनीको दाबी छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालाका अनुसार यो प्रविधिबाट इँटा बनाउँंदा काँंचो इँटालाई घाममा नसुकाई ड्राइ टनेलमा पठाई इँटालाई सुकाइन्छ । यसपछि फायर टनेलमा आठ सयदेखि नौ सय डिग्रीसम्मको तापक्रममा राखेर इँटा पोल्ने गरिन्छ । फायरिङ टनेलमा भएको तातो हावालाई ड्राइ टनेलमा लगी काँंचो इँटा सुकाउने गरिन्छ । यसका लागि तापक्रम नाप्न तापक्रम मापन यन्त्र (थर्माेमिटर) पनि जडान गरिएको छ । थर्माेमिटरमा तापक्रम हेरी आवश्यकता अनुसार कोइला थपी इँटा पोल्ने गरिन्छ । यसले गर्दा इँटा एकनासले पाकेर निस्किन्छ ।
उत्पादनको कुनै पनि प्रक्रियाको दौरानमा धुलो नउडने र न्यून मात्रामा मात्रै धूवाँ निस्कने सुरुङ भट्टी (टनेल क्लिन) प्रविधिबाट गोर्खा चाइनिज इँटा उत्पादन गरिएको हो । यो प्रविधिबाट इँटा उत्पादन गर्दा मलिल माटो नै चाहिन्छ भन्ने छैन । जस्तोसुकै माटो अनि नरम ढुंगाबाट पनि काँंचा इँटा बनाउन सकिन्छ ।
इँटा उत्पादनमा यो प्रविधि नेपालमा मात्र नभएर दक्षिण एशियामा नै नौलो र अत्याधुनिक रहेको बताइएको छ । यद्यपि यूरोपमा १९७० कै दशकमा प्रयोगमा आएको यो प्रविधि १९८० मा चीन भित्रिएको बताइएको छ ।
यो प्रविधिमा शुरुआती माटो तथा नरम ढुंगा प्रशोधन (मुछ्ने) देखि लिएर काँंचो इँटा उत्पादन तथा पोल्नेलगायतका सवै काम वैज्ञानिक रुपमा व्यवस्थित गरी मेशिनबाटै हुन्छ ।
पोलेर तयार भएको रातो इँटा मेशिनबाटै बाहिरसम्म निकालिन्छ । यसरी काँंचो इँटा बन्ने क्रमदेखि पोलेको इँटा तयार हुँंदासम्मको सवै प्रक्रिया मेशिनबाटै हुने भएकाले यस प्रविधिबाट बनेको इँटाको चार ओटै सतह चिल्लो हुन्छ ।
लगानीकर्तामध्येका एक इन्जिनीयर कृष्णभक्त दुवालका अनुसार यो प्रविधिबाट इँटा उत्पादन गर्दा कोइलाको मात्रा आवश्यकता अनुसार माटो तथा नरम ढुंगामै पहिला नै मिसाए काँंचो इँटा बनाउने गरिन्छ । उत्पादित इँटा बजारमा आइसकेको उनले बताए । आप्mनो उत्पादन देशभर विक्रीवितरण शुरू गर्ने योजना रहेको उनले सुनाए । गोर्खा इको प्यानल र गोर्खा प्रिकास्ट एन्ड विन्डोर नामका निर्माण सामग्रीका उद्योगीहरुबाटै यो कम्पनी संचालनमा ल्याइएको छ ।
उद्योगले दैनिक हाललाई ५० हजार गोटा इँटा उत्पादन गर्ने क्षमताको रहेको बताइएको छ । यो प्रविधिबाट इँटा उत्पादनको काम वर्षैभरि हुने गर्दछ । सामान्यतया सामान्य इँटाभटामा वर्षमा ६ महिनामात्रै इँटा उत्पादनको काम हुन्छ ।
‘फायर टनेल’ पनि पूर्ण रूपमा थर्मल इन्सुलेटेड हुने हुँदा ताप खेर नजाने भएकाले यो प्रविधिमा इँटाहरु उत्पादन हुँंदा ऊर्जा किफायती हुने गर्दछ । काँंचा इँटा उत्पादन प्रक्रिया बन्द ट्रस्टभित्र हुने र पोल्ने प्रक्रिया पनि टनेल भित्रभित्रै हुने भएकाले इँटा उत्पादनको क्रममा धूलो सिर्जना हुने सम्भावना शून्य हुन्छ । भविष्यमा यो चाइनिज इँटा फ्याक्ट्रीबाट उत्पादन भएपछि मेशिनबाटै एक हजार ओटाको बन्डल–बन्डलमा प्याकेजिङ भएर उपभोक्तासम्म पुर्याउने लक्ष्य राखिएको छ । यो कम्पनीबाट उत्पादित इँटा तुलनात्मक रुपमा सस्तोमा बजारमा पठाउने योजना राखेको कम्पनीले बताएको छ ।