१३ औं दक्षिण एसियाली खेलकुद शुरु

अन्तर्राष्ट्रिय खेलकूद विशेष समाचार समाचार

काठमाडौं, १५ मंसिर

 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) शुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा सागको औपचारिक उद्घाटन गरेकी हुन्।

त्यसअघि सागमा सहभागी राष्ट्रका खेलाडी र अफिसियलहरुले मार्चपास गरेका थिए। मार्चपासमा नेपालको राष्ट्रिय झण्डा कमल अधिकारीले बोकेका थिए। राष्ट्रपतिले सागको औपचारिक उद्घाटन भएको घोषणा गरिसकेपछि विभिन्न एथलिटहरुले ओलम्पिक टर्च बोकेर रंगशाला परिक्रमा गरेका थिए। त्यसक्रममा दीपक विष्टले दीप प्रज्जवलन गरेका थिए। त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले सबै खेलाडीहरुको तर्फबाट सपथ लिएका थिए।

सागको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सागले दक्षिण एसियाली राष्ट्रहरुमा क्षेत्रीय एकताको भावना विकास गर्ने अपेक्षा रहेको बताए। दशरथ रंगशालाबाट नै सागको सुरुवात भएको भन्दै उनले फेरी साग आयोजना गर्न पाउँदा गौरव महसुस भएको बताए।

यस्तै उद्घाटन सत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै विभिन्न जातीय झाँकीहरु प्रस्तुत गरिएको थियो। सहभागी राष्ट्रहरुको कला, संस्कृति झल्कने प्रस्तुती समेत प्रदर्शन गरियो।

सागको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले साग दक्षिण एसियाकै गौरव भएको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *