अनिल कुमार उपाध्यायको अध्यक्षतामा नेपाल बैकर्स संघको नयाँ कार्यसमिति

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २४ कात्तिक

अनिल कुमार उपाध्यायको अध्यक्षतामा नेपाल बैकर्स संघको नयाँ कार्यसमिति

काठमाडौं । नेपाल बैंकर्स संघको साधारणसभाले उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार सम्पन्न साधारण सभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय नेपाल बैकर्स संघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

निवर्तमान अध्यक्ष भुवन कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षको लागि संघमा नयाँ कार्यसमिति आएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।

संघको सदस्यमा मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, लक्ष्मी बैंकका अजयबिक्रम शाह, सनराइज बैंकका सुमन शर्मा, नेपाल एसबिआई बैंकका दिपक कुमार दे, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआइसी एशिया बैंकका रोशन कुमार न्यौपाने चयन भएका छन् ।
यस्तै संघका पुर्व अध्यक्षहरू ज्ञानेन्द्र प्रसाद ढुंगाना, अनिश केशरी शाह, अशोक शम्सेर राणा सल्लाहकारमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *