संरक्षणको प्रखाईमा दैलेखको मदानताल

पर्यटन समाचार

दैलेख, १६ जेठ


जिल्लाकै ठुलो ताल मदान ताल हाल संरक्षणको प्रखाईमा रहेको छ । आन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गरेपनि यो ताल संरक्षण हुन सकिरहेको छैन् । माथि भर्ता लेक, तल घना जंगल र बीचमा रमणीय मनमोह मदान ताल देख्दा जो कोहिलाई पौडि खेलु–खेलु लागि रहन्छ । बुकी र लालीगुराँसले तालको वातावरणलाई मनमोहक बनाएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि कर्णाली राजमार्ग अन्र्तगत दैलेखको रामघाट करिब एक दिनको सवारी यात्रा ,त्यसपछि बाँया तिर करिब २०कि.मि रामघाट खोलामा रमाउँदै पौडी खैलै, यात्रा गरेपछि पश्चिममा पर्ने विकट ठाटीकाँध गाउँपालिका वडा–३ विशाला वाँहाकोट पर्दछ । बाँहाकोट सम्म फाट्ट –फुट्ट साना गाडीको यात्रा गर्न सकिन्छ ,। उक्त ठाउँदेखि करिब १ घण्टा पैदल यात्रा गरेपछि मदान ताल पुगिन्छ । यस्तै जिल्ला सदरमुकामदेखि १५ कोश टाढाको विशालास्थित तालमा पुग्नेले वसन्त ऋतुका समयमा छुट्टै आनन्दको अनुभूति गर्न पाउँछन् । चैत,वैशाख जेठका महिनामा रामघाट खोला हुँदै मदान तालको भ्रमण गर्ने र त्यहाँ काफल ,गुराँस ,एैसेलु टिप्ने र खानेकोे सँख्या निकै देखिन्छ ।त्यसैले मदान ताल पुग्नलाई विशेषगरी फागुनदेखि जेठसम्मको सिजन उपयुक्त मानिन्छ ।
ठाटीकाँध गाउँपालिका देखि पैदल ५घण्टामा भिरपाखा छिचोल्दै पुगिन्छ ,मदान ताल । गाउँपालिकाको केन्द्र देखि सडक सञ्जाल जोडिएको छैन् नीलो आकाशमुनि देखिने सुन्दर डाँडाकाँडा । अलि भित्रपट्टि पसे अनेकथरी जंगली जनावर । ताल नजिकै नाके गुफा रहेको छ । उक्त गुफा निकै आकर्षक मानिन्छ ।
जिल्लाकै विकट साविकको विशाला गाविस र हाल ठाटीकाँध गाउँपालिका–३ र ४वडामा समावेस भएको छ । विशाला लगाएत जिल्ला भरका विद्यार्थीले मदान ताललाई पिकनिक स्थल बनाएको एक स्थानीय प्रकाश शाहीले बताए । केहि बर्ष अघि पर्यटन मन्त्रालयको पार्ट टु कार्यक्रमबाट विनियोजित ३०लाख बजेट छुटयाईएको थियो । जीर्ण ताल मर्मत गरिएपछि केही महिनाको लागि आन्तरिक पर्यटकका लागि महत्वपुर्ण पिकनिक स्पट बनेको थियो । सबै खाले समस्यालाई सहजै निर्मुल पार्नु ,तालको बिसेषता हो ,उनले भने । यति सुन्दर हुँदाहुँदै पनि प्रचार–प्रसारको अभावले तालले परिर्वतन पाएको छैन । देशको मुहार परिर्वतनमा लम्किए पनि यो तालले परिर्वतन पाएको छैन् । ताल ओझेलको मुख्य समस्या सडक हो ,वाह्य पर्यटकले समेत अवलोकन गरेको ठाउँ भएकाले यस्लाई परिवर्तन गर्नुपर्ने देखिन्छ ,कृष्ण माध्यामीक विद्यालय ठाटीकाँधका शिक्षक जीवराज रेग्मिले भने । यद्यपि, जिल्लाकै ठूलो भनिएको यस तालको लम्बाई, चौडाइ र गहिराइबारे यकिन गरिएको छैन् ।
चालु आर्थिक बर्षमा पुल बजार ,मटेटा ,वाहकोट ,मदानताल हुँदै कालिकोट जोड्ने सडकका लागि प्रदेश सरकारले रु. १करोड रकम विनियोज गरेको वडा वडा –३का वडा अध्यक्ष कर्णबहादुर शाहीले बताए । यो बर्षमै काम सुरु गर्ने भनिएको उक्त सडक प्राविधिक ढिलाईका कारण काम सुरु हुन सकेको छैन् । ‘वडाको एक्लो प्रयासले संरक्षण गर्न सम्भव छैन ,गाउँपालिकाले केहि वास्था गरेको छैन् वडा अध्यक्ष शाहीले भने । हाल तालमा पानीको मात्रा कम भई पानी सुक्दै गएकाले मदानतालको मौलिकता हराउँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *