कालोपत्र गरेको चौथो दिनमै मालपोतमा दुर्घटना

विशेष समाचार समाचार

भक्तपुर, ७ जेठ


भक्तपुरको दुगुरेस्थित मालपोत चारदोबाटोमा कालोपत्र गरेको चौथो दिन सोमवार बिहान ८ बजे गाडीले मोटरसाइकललाई ठोक्काएर दुर्घटना भएको छ । रत्नपार्क रुटमा चल्ने बा४ख५७४५ नं. को यात्रुवाहक गाडी कमलविनायकबाट ब्रह्मायणी जानेक्रममा भक्तपुर त्रिपुरासुन्दरीस्थित बस्ने दिपक बल्ल सवार भएको मोटरसाइकललाई ठक्कर दिएपछि उक्त घटना भएको हो ।
उक्त गाडीले दिपक बल्लसहित विदेक चियापसलभित्र बसेका लक्ष्मी दुमरु, विनोद कर्मचार्यसमेतलाई घाइते बनाएका थिए । घटनामा संलग्न गाडी र चालकलाई छानविनका लागि नियन्त्रणमा लिएको छ भने सख्त घाइते दिपक बल्ललाई उपचारका लागि मध्यपुर अस्पतालमा लगेको घाइतेमध्येका विनोद कर्मचार्यले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *