दैलेख,६ जेठ
दैलेखको पश्चिममा पर्ने दुर्र्गम ठाटीकाँध गाउँपालिकामा एन.सि.सि(नेपाल क्रेडिट एण्ड कमर्श बैँक)को शाखा स्थापना गरिएको छ ।
गाउँँपालिकाको पहलमा उक्त बैँकले आईतबार देखि कार्य सञ्चालन् गरेको बैँङक शाखाका प्रबन्धक पदमराज पाण्डेले बताए । बैँकमा साना ठुला सबै आर्थिक कारोबारहरु गर्न सकिने छ ,पाण्डेले भने् । यहाँको आर्थिक चहल पहलमा निकै ठुलो विस्तार गर्न सक्ने छ ।
नेपाल राष्ट्र बैँकको ‘क’वर्गको ईजाजत पत्र मान्यता प्राप्त उक्त बैँङकले गाउँपालिकाको आर्थिक उन्नतीमा ठुलो सहयोग गर्ने गाउँँपालिकाका का.वा अध्यक्ष नर्र्तमबहादुर बुढाले बताए । जिल्लामा यो दोस्रो शाखाको रुपमा स्थापना भएको हो ।
गाउँपालिकाले यहाँ भन्दा अगाडि चेक साँट्न, बैँक सम्बन्धी हरेक गतिविधि गर्नको लागि दैलेख सदरमुकाममा रहेको वाणिज्य बैँकबाट गर्दै आएको थियो ।
हाल सम्म कुनैपनि राष्ट्रिय स्तरका बैँक नभएको जिल्लाकै विकट गाउँपालिकामा हाल भने उक्त बैँङक स्थापना हुँदा यहाँका स्थानीय नागरिकले बैँक सम्बन्धी हरेक कार्य सहज रुपमा गर्न सक्ने छन् । यहाँ भन्दा पहिले सामान्य विदेशबाट पठाएको पैँँसा झिक्नको लागि समेत दैलेख सदरमुकाम र दुल्लुमा रहेको वाणिज्य शाखाबाट स्थानीय नागरिकले सेवा लिँदै आएका थिए । थोरै पैँसा झिक्नको लागि पनि दुईतिन दिनको लामो समय खर्चिनुु पर्ने बाध्यता अब विस्तारै घट्ने देखिन्छ ।
यहाँका नागरिकले हालसम्म कुुनै बैँकमा खाता खोलेर बचत गरि भविष्यमा सहज वातावरण गर्ने ईच्छा समेत अव पुरा हुँँने भएको छ ।‘नेपालको एक घर एक बैँक खाता ’ भन्ने नारा अव विस्तारै दुर्र्गम भगहरुमा पनि विस्तार हुँँदै आएको छ । जिल्लाका अरु १० स्थानीय तहले आफ्नै स्थानीय तहमा बैँक स्थापना गरेपनि सेवा भने जिल्ला सदरमुकामबाटनै लिएकोे पाईन्छ ।