रोसना लैबा
भक्तपुुर, १ जेठ
ऐतिहासिक एवं सांस्कृतिक नगर भक्तपुुरलाई सफा, स्वच्छ र सुन्दर बनाउन भक्तपुुर नगरपालिकाद्वारा जेठ १ गतेबाट भक्तपुुरको प्रत्येक वडामा ट्राइसाइकलबाट फोहर सङ्कलन कार्य लागू गरिएको छ ।
ट्राइसाइकलर्माफत सबै वडामा घर–पसल, व्यवसाय, कार्यालयका कुहिने नकुहिने फोहोर अलग अलग सङ्कलन गरिने छ । प्रत्येक वडामा अलग ट्राइसाइकलको बन्दोबस्त गरी एक दिन कुहिने मात्र र अर्को दिन नकुहिने फोहर मात्र सङ्कलन गरिने छ । यसका लागि घरघरबाट नै कुहिने फोहर र नकुहिने फोहर छुट्याएर सङ्कलनकर्तालाई दिनुपर्ने ९ वडाको वडा अध्यक्ष रवीन्द्र ज्याख्वले बताए । फोहर सङ्कलन कार्य बिहान ६ बजे देखि १० बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म हुने छ ।
नगरपालिकाको अध्ययन अनुसार प्रतिव्यक्ति ३ सय ग्रामको दरले फोहर निस्कने र भक्तपुर नगरभित्र ३० टन फोहर निस्कने बताइएको छ । त्यसमध्ये नगरपालिकाले २८ टन फोहर ब्यवस्यापन गरेको छ र २ टन फोहर अझै पनि ब्यवस्था गर्न बाँकी रहेको अध्यक्ष ज्याखोले बताए । नगरपालिकाले कुहिने फोहरलाई कम्पोस्ट मल गरेको र नकुहिनेलाई सकेसम्म री–साइकल गरेका छन् । री–साईकल गर्न नसकिने फोहर खोला बगरमा डम्पीङ्ग गरेर बाटो बनाउने काम गरेको तर यो प्रक्रिया साइन्टिफीक नभएको बताए र त्यसमा सुधार गर्ने प्रयास गरिरहेको पनि बताए । नगरपालिकाले सकेसम्म सबै नगरबासीका घरका फोहर सङ्कलनलाई व्यवस्थित गर्ने र सडकमा फोहर नराख्ने अभियानमा लागीरहेका छन् । नगरपालिकाले १ किलो फोहर सङ्कलन गरी ब्यवस्थित गर्न साढे ९ रुपैयाँ खर्च लागेको बताए । तर नगरबासीसंग २५ रुपैयाँ मात्र लिएको बताए ।