– जमुना अधिकारी
भक्तपुर,१ जेठ

इन्सेक र चाँगुनाराण मानव अधिकार निगरानि समुहदवारा शिक्षाको अधिकार सम्बन्धमा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम चा.न.पा.का नगर प्रमुख श्री सोमप्रसाद मिश्रको प्रमुुख आतिथ्यमा जिल्ला समन्वय समिति भक्तपुरमा आयोजना गरिएको छ ।
विद्मालय व्यवस्थापन समितिको ध्यान भवन निर्माणमा मात्र जान नहुने जोड दिए । गुणस्तरिय शिक्षाको लागि व्यवस्थापन समितिले हेर्नुपर्ने र भौतिक पूर्वाधारको जिम्मेवारी नगरपालिकाले वहन गर्ने कुरा व्यक्त गरे । अबको १० वर्ष भित्र निजी विद्मालय चा.न.पा.मा नहुने गरी अभ्यास थालिएको जानकारी दिए ।
सरकारी कर्मचारीले आफ्ना सन्तान सामुदायिक विद्मालयमा पढाउनुपर्ने भन्दै देवी मा.वि.का प्र.अ. राजाराम छुँकांले जोड दिए । राज्यको शिक्षा नीति कमजोर हुनाले शिक्षामा सुधार ल्याउन कठिन भएको चाँगुनाराण मा.वि.का प्र.अ.दढिराम गेलालले भने । शिक्षा साखामा कर्मचारी धेरै तर निरिक्षण र निगरानी कम हुने गरेको गुनासो वाल्मीकि मा.वि.का प्र.अ. हेमन्त सितौलाले गरे । कार्यक्रममा ३९ वटा सामुदायिक विद्मालय र शिक्षासँग सरोकार राख्ने संघ सस्थाहरु, स्थानिय तहका प्रतिनिधिहरुको उपस्थिति रह्यो । कार्यक्रमको प्रमुख आयोजक इन्सेकका प्रदेश ३ कार्यालयका कार्यक्रम संयोजक कृष्ण गौतमले चा.न.पा.का शिक्षा, स्वास्थ्य र खाद्म अधिकारीको लागि सधैं लागिपर्ने जानकारी दिए ।