बोडेको जिब्रो छेड्ने जात्राः सुइरो बनाउनेदेखि छेडाउने भाइ र घोच्ने दाइसम्म सबैको एउटै चिन्ता– हामीपछि को?

  भक्तपुर, २ वैशाख प्रत्येक वर्ष वैशाख २ गते हुने जिब्रो छेड्ने जात्राका लागि यो वर्ष पनि जिब्रो छेड्न बुद्धकृष्ण बाग श्रेष्ठ तयार भएका छन्। चैत २९ गतेदेखि उनले अन्न खाएका छैनन्। रक्सी र जाँड खान त हुन्छ, तर खाँदैनन्। वैशाख २ गतेसम्मको आहारा पानीमात्रै हो। त्यसो गरेमा जिब्रोमा स्वाद बस्दैन र जिब्रो नरम हुन्छ। […]

Continue Reading

नयाँ वर्षको शुभकामनासँगै सम्पादकीय शुरु

नयाँ वर्ष २०७६ र विस्केट जात्रासँगै न्यूज अपडेट भक्तपुर डट कमबाट सम्पादकीय स्तम्भको प्रारम्भ गरेका छौं । देशमा भएगरेका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक एवं विविध पक्षमा देखिएका विकृति विसंगतिको पर्दाफास गरी जनताको सुसूचित हुन पाउने हकलाई सम्पादकीय स्तम्भले स्पष्ट पार्ने विश्वास लिएका छौं । पत्रकारिताका सर्वमान्य सिद्धान्तहरु शुद्धता, सन्तुलन, विश्वसनियता, शिष्टता, नैतिकता र स्वच्छतालाई […]

Continue Reading

नयाँ शैक्षिक सत्र तथा स्थानीय पाठ्यक्रमबारे अभिमुखीकरण कार्यक्रम

भक्तपुर  २८ चैत भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार नयाँ शैक्षिक सत्र तथा स्थानीय पाठ्यक्रमबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले आर्थिक रुपले स्वतन्त्र नभएको देश राजनैतिक रुपले पनि स्वतन्त्र नहुने विचार व्यक्त गर्नुहुँदै शासक दलहरू भारतको निर्देशनमा चलिरहेको आरोप लगाए । शिक्षकहरूको व्यापक दृष्टिकोणले शिक्षामा न्याय हुने प्रसंग […]

Continue Reading

वागीश्वरीमा धन्यवाद तथा शुभकामना कार्यक्रम

भक्तपुर २९ चैत्र, वागीश्वरी कलेजको आयोजनामा नयाँ वर्ष २०७६ को उपलक्ष्यमा शुभकामना तथा बारा पर्सा जिल्लामा आँधीहुरीबाट पीडितलाई स्नातक तह मानविकी संकायमा सामाजिक कार्य (बी.एस.दब्लू) अध्ययनरत विद्यार्थीहरुबाट सहयोग गरेकोमा धन्यवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमका अतिथि वागीश्वरी कलेजका संयोजक तथा वागीश्वरी माविका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले विद्यार्थीहरुले गरेको कार्य कागजी योग्यतासँगै व्यवहारिक योग्यताको […]

Continue Reading

विशेष फोटोग्राफी तालिम सम्पन्न

भक्तपुर, २९ चैत भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को व्यवसाय प्रवद्र्धन उपसमितिको आयोजनामा भएको १० दिने विशेष फोटोग्राफी तालिमको आज समापन भएको छ । नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान तथा प्रमाणपत्र वितरण गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि संस्थाका अध्यक्ष बलराम प्रजापतिले तालिमबाट लिएको सिप समाज र देशको लागि हुनुपर्ने बताए । उनले […]

Continue Reading

महँगा स्कूलमा पढाएर मात्रै विद्यार्थी राम्रा नहुने

भक्तपुर, २८ चैत ‘महँगा स्कूलमा पढाएर मात्र विद्यार्थीहरु राम्रा र गुणस्तरीय हुँदैनन्, त्यस्ता स्कूलका विद्यार्थीहरु नराम्रा कूलत र लागू दुव्र्यशनीमा फसेका छन् । हाम्रा छोराछोरीलाई त्यस्तो नराम्रो संगतमा पठाउनु हुन्न ।’ बिहीवार आयोजित लिशा इङलिश सेकेण्डरी स्कूलको ३१ औं वार्षिकोत्सव तथा प्रि स्कूल दीक्षान्त समारोहमा प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले […]

Continue Reading

भक्तपुरमा फेरी बर्डफ्लु भेटियो

भक्तपुर २८ चैत्र सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ। दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति कुखुरा मारिएको छ। फार्म सञ्चालक मधुराम न्यौपानेको कुखुरा फार्ममा ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पाइएपछि गए राति दुई हजार २ सय ब्रोइलर कुखुरा नष्ट गरिएको छ। […]

Continue Reading

तबला र हार्मोनियम प्रशिक्षणको लोकार्पण

भक्तपुर, २६ चैत्र भक्तपुर न.पा. वडा नं.९ सूर्यमढीस्थित रहेको पासा पुचः समूह (नित्यनाथ भजन) बाट तबला र हार्मोनियम प्रशिक्षणको आइतवार लोकार्पण भएको छ । कार्यक्रमको समापन सोमवार चोङ्गागणेश मन्दिर परिसरमा भएको थियो । समापन कार्यक्रम बोल्नुहुँदै प्रमुख अतिथि एवम् ९ वडाध्यक्ष रवीन्द्र ज्याख्वले सुसंस्कृत समाज निर्माण गर्न नयाँ पुस्तालाई प्रशिक्षण दिँदै जानुपर्ने बताउनुभयो । उहाँले […]

Continue Reading

जनता बिना बर्दीका प्रहरी हुन् – प्रमुख प्रजापति

भक्तपुर, २६ चैत भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा सोमबार वडाबासीहरू र सामुदायिक वडा प्रहरीबीच साझेदारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्ँदै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको ऐतिहासिक बिस्का जात्रा शान्तिपूर्ण रुपमा सफल पार्न नगरपालिकाले विभिन्न सरोकारवालाहरूसँग सहकार्य र समन्वय गरिरहेको बताए । उनले जात्रा निर्धारित समयमा सुरु गरी समयमै सम्पन्न गर्न […]

Continue Reading

व्यक्तिलाई भन्दा समाजलाई अगाडि बढाउनुपर्ने 

भक्तपुर, २६ चैत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीलाई किताबी ज्ञान सँगसँगै देशको भूगोल, कला–संस्कृति, इतिहास र राजनीतिक ज्ञान पनि दिनु आवश्यक भएको बताउँदै विद्यालयहरुले व्यक्तिलाई भन्दा पनि सिंगो समाजलाई बुद्धिजीवीकरण गर्ने र समाजलाई अगाडि बढाउने उद्देश्यले अगाडि बढ्नुपर्ने विचार राखे । समाज सुधार माध्यमिक विद्यालयको ४८ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले सामुदायिक […]

Continue Reading