विशेष फोटोग्राफी तालिम सम्पन्न

कला/साहित्य समाचार

भक्तपुर, २९ चैत

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को व्यवसाय प्रवद्र्धन उपसमितिको आयोजनामा भएको १० दिने विशेष फोटोग्राफी तालिमको आज समापन भएको छ । नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान तथा प्रमाणपत्र वितरण गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि संस्थाका अध्यक्ष बलराम प्रजापतिले तालिमबाट लिएको सिप समाज र देशको लागि हुनुपर्ने बताए ।
उनले फोटोग्राफीको माध्यमबाट समाजको विकृति विसंगतिलाई उजागर गरी सभ्य समाजको निर्माणतर्फ लाग्नुपर्ने बताएका छन् ।
कार्यक्रमका अतिथि एवम् तालिम प्रशिक्षक शरद राईले फोटोग्राफी टेक्निकल मात्रै होइन, यसमा महसुस गराउन सक्नुपर्ने बताए । उनले हाम्रो दिमागलाई पूर्ण रुपमा दृश्यांकन गर्न तालिमको भूमिका हुने बताए । उनले भने, ‘हाम्रो दिमागले शब्दलाईभन्दा दृश्यलाई बुझ्छ ।’ संसारका सबै मान्छेले बुझ्ने भाषा फोटो भएकाले हामी दृश्य साक्षर हुनुपर्ने उनको भनाइ छ । सार्थै फोटोग्राफी तालिमले अन्य विभिन्न क्षेत्रमा समेत प्रयोग गर्न सक्ने भएकाले नयाँ चरित्र निर्माण गर्न सहयोग पुग्ने उनी बताउँछन् ।
संस्थाका प्रबन्धक जगनाथ प्रजापतिले संस्थाले व्यवसाय प्रवद्र्धन गर्न सहुलियत दरमा ऋण प्रवाह गरिरहेको बताउँदै संस्थाबाट विभिन्न सिपमूलक तालिम लिएकाहरुले ऋण लिई व्यवसाय गर्नसक्ने बताए ।
उपसमितिका संयोजक कृष्णगोपाल छुस्यावागको सभापतित्वमा भएको उक्त कार्यक्रममा दिपेन्द्र प्रजापतिले सञ्चालन गरेको थियो । तातिम चेत्र १९ देखि २९ सम्म भएको थियो । तातिम चेत्र १९ देखि २९ सम्म भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले तालिममा सहभागी २४ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र र प्रशिक्षक राईलाई आदरको चिनो प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *