नयाँ वर्षको शुभकामनासँगै सम्पादकीय शुरु

विशेष समाचार सम्पादकीय

नयाँ वर्ष २०७६ र विस्केट जात्रासँगै न्यूज अपडेट भक्तपुर डट कमबाट सम्पादकीय स्तम्भको प्रारम्भ गरेका छौं । देशमा भएगरेका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक एवं विविध पक्षमा देखिएका विकृति विसंगतिको पर्दाफास गरी जनताको सुसूचित हुन पाउने हकलाई सम्पादकीय स्तम्भले स्पष्ट पार्ने विश्वास लिएका छौं ।
पत्रकारिताका सर्वमान्य सिद्धान्तहरु शुद्धता, सन्तुलन, विश्वसनियता, शिष्टता, नैतिकता र स्वच्छतालाई आत्मसात गरी विश्वभरि छरिएर बसेका नेपालीहरुका लागि यस डिजिटल पत्रिकामार्फत सूचना र मनोरञ्जनको माध्यमबाट सूचना प्रवाह गरिरहेको सर्वविदितै छ । नवीन समाचारका साथै तस्विर, श्रव्य, दृष्य तथा शब्दबाट कुनै पनि घटनालाई तत्काल अद्यावधिक गरी यहाँको सुसूचित हुने प्यासलाई हामी मेट्नेछौं ।
नयाँ वर्ष र विस्केट जात्रा २०७६ को उपलक्ष्यमा यहाँको हरेक पल सुख, शान्ति, सुस्वास्थ्य एवं उत्तरोतर प्रगतिको क्रियशन डिजिटल सपोर्ट प्रालिका लागि न्यूज अपडेट भक्तपुर डट कम हार्दिक मंगलमय शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *