महँगा स्कूलमा पढाएर मात्रै विद्यार्थी राम्रा नहुने

विशेष समाचार शिक्षा समाचार

भक्तपुर, २८ चैत


‘महँगा स्कूलमा पढाएर मात्र विद्यार्थीहरु राम्रा र गुणस्तरीय हुँदैनन्, त्यस्ता स्कूलका विद्यार्थीहरु नराम्रा कूलत र लागू दुव्र्यशनीमा फसेका छन् । हाम्रा छोराछोरीलाई त्यस्तो नराम्रो संगतमा पठाउनु हुन्न ।’ बिहीवार आयोजित लिशा इङलिश सेकेण्डरी स्कूलको ३१ औं वार्षिकोत्सव तथा प्रि स्कूल दीक्षान्त समारोहमा प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले उक्त विचार राखेका हुन् ।
विद्यालयका लागि पैसा लगानी गर्नु नाफाका लागि नभई सेवाका लागि भएको उनको भनाइ छ । सुसंस्कृत समाज जवसम्म राम्रो हुँदैन तवसम्म देश राम्रो हुँदैन । त्यसका लागि राजनीति राम्रो हुनुपर्ने उनले बताए । त्यागको भावना नभएसम्म विद्यालयको प्रगति नहुने बताउँदै उनले राम्रा स्कूल बनाउन राम्रा शिक्षक शिक्षिकाहरु राख्नुपर्ने औंल्याए । उनले देशमा शैक्षिक माफियाको हाली मुहाली हुँदा विद्यालय र विद्यार्थीको किनबेच भैरहेको र त्यसबाट हामी सतर्क हुनुपर्ने बताए ।


प्रमुख अतिथिबाट विद्यालयका २७ जना क्रियटिभ यूथ सर्कलका संस्थापक पदाधिकारीहरु र विगत १० वर्षभन्दा बढी निरन्तर विद्यालयमा सेवा प्रदान गरेका शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेको उक्त कार्यक्रममा प्रदेश ३ का सभासद् सृजना सैंजू, इसानका अध्यक्ष प्रेमजन थापा, प्राध्यापक समाज नेपालका अध्यक्ष सरोजराज गोसाई, मण्टेश्वरी प्रशिक्षक निता श्रेष्ठलगायतका बक्ताहरुले विद्यालयको प्रगतिका लागि शुभकामना दिए ।
समारोहमा विद्यालयका प्रिन्सिपल लिशा प्रजापतिले प्रगति प्रतिवेदन दिएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम प्रजापति, शिक्षक सुरेश रंजितकार, विद्यार्थीहरु प्रिज्मा प्रजापति, नविना गिरीलगायतले बोलेका थिए ।
प्रि स्कूलका विद्यार्थीहरुलाई दीक्षित गरिएको उक्त कार्यक्रमपश्चात विद्यालयका विभिन्न कक्षाबाट सांस्कृतिक कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *