लुक्ला विमान दुर्घटनाले पाठ सिक्नु अावश्यक

विशेष समाचार सम्पादकीय

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको 9N-AMH कलसाइनको एलइटी एल-४१० ट्विन इन्जिन विमान नयाँ वर्षकाे प्रारम्भमै मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो।

दुर्घटनामा परी समिट एयरका को–पाइलट सुजिल ढुङ्गाना, प्रहरीका असई राम बहादुर खड्का र अर्का असई रुद्र बहादुर श्रेष्ठको मृत्यु भएको हो।

दुर्घटनमा घाइते भएका समिट एयरका मुख्य पाइलट रवीन्द्रबहादुर रोकाया, मनाङ एयरका पाइलट चेत बहादुर गुरुङ, स्टाफ लाक्पा शेर्पालाई उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार घाइतेमध्ये समिट एअरका पाइलट रोकाया र शेर्पा सामान्य उपचारपछि घर फर्किएका छन्।

दुर्घटनाबारे गम्भीर छानबिन गरिने नेपाल नागरिक उड्ययन प्रधिकरणले जनाएको छ। छानबिनका लागि उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा चार सदस्यीय आयोग पनि गठन गरियाे ।

आयोगका सदस्यमा नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ, तारा एयरका क्याप्टेन रवीन्द्र डंगोल र सदस्य सचिवमा पर्यटन मन्त्रालयकै सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्।

यस्ताे विमान दुर्घटनाले नेपाललार्इ अधिक दुर्घटना क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय रूपमा परिचित गराइरहेकाे छ । यसले नेपालकाे गुणस्तरमा प्रश्न खडा भएकाे छ । कि नेपालमा राम्रा पाइलट नै नभएकाे हाे त ? कि नेपालकाे भूवनाेटले यस्ताे भएकाे हाे ? नेपाली मात्र हाेइन, विदेशी पनि नेपालमा विमान चलाउन डराइरहेका छन् । वर्षकाे सयाैं जना मानिस यस्ताे दुर्घटनाबाट ज्यान गुमाइरहेकाे याे अवस्थामा नेपाल सरकार के हेरेर बसेका छन् ? तत्काल यस्ताे कुनै पनि दुर्घटना न्यूनीकरणका लागि छलफल हुनु अावश्यक छ । अन्यथा, याे निरन्तर भइ नै रहन्छ । अन्तर्राष्ट्रिय उडान गर्न बाटाे खुल्न गाह्राे नै हुनेछ । समयमै सम्बन्धित संस्थाले ध्यान दिनु अावश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *