सत्यमोहनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ३० असाेज

सत्यमोहन जोशीप्रति किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जली अर्पण गरिंदै ।

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो ।

अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि अपराह्न चार बजे पुनः अस्पतालमा पुर्याइने छ ।

जोशीको पार्थिव शरीर नजलाउने र अध्ययनका लािग राखिने अस्पतालले जनाएको छ ।

 

 

 

 

 

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *