भर्ना अभियान विद्यार्थी किनबेचको थलो नबनाेस्

विशेष समाचार सम्पादकीय

विद्यार्थी किनबेचको साधन होइन, गुणस्तरीय शिक्षा आर्जन गर्न हरदम प्रयास गरिरहेका विद्यार्थीहरु हरेक क्षेत्रमा सबल, सक्षम र योग्य बनाउनु हरेक विद्यालयको कर्तव्य हो । कुनै पनि झिलिमिली र मिठो वस्तुमा फसाएर विद्यार्थीको मन तान्ने विद्यालय वास्तविक गुणस्तर नभएका सस्तो मनस्थिति रहेका विद्यालयको रुपमा लिन सकिन्छ । विद्यालयमा अनियमित पठनपाठन, अनियमित शिक्षक शिक्षिका र अव्यवस्थित सञ्चालक समितिका कारण कुनै विद्यालयले विद्यार्थीको भविष्यमाथि खेलवाद गरिरहेका हुन्छन् । त्यसखालका विद्यालयले विद्यार्थीकोे हितभन्दा आफ्नो हितलाई ध्यान दिइरहेका हुन्छन् । कतिपय निजीस्तरका विद्यालय जुन सेवाभावभन्दा पनि लगानीको प्रतिफल मात्रै खोजेका हुन्छन् । नाफाको अगाडि ती विद्यालयले आफ्नै विद्यार्थी र अभिभावक पनि बिर्सेका हुन्छन् । तिनीहरुले ससम्मानित राख्नुपर्ने शिक्षक शिक्षिकाहरुलाई सस्तो ज्यामीका रुपमा व्यवहार गर्न पुगेका हुन्छन् । व्यक्तिगत नाफाका लागि स्कूल र विद्यार्थी समेत बेच्न पछि पर्दैनन् तिनीहरु । शिक्षा क्षेत्रलाई सेवा भन्दा व्यवसायको रुपमा हेर्नेले विद्यालय मात्र होइन, विद्यार्थी पनि कमिशनमा बेचेका छन् । विदेशमा पढाउने भन्दै लाखौं रुपैयाँ कमिशन लिनेसँग हामी नितान्त सजग हुनुपर्छ । अन्यथा, दुःख कष्ट भोग्नुपर्ने हुन्छ ।
विदेशी स्कूल र कलेजको वारेमा राम्रोसँग थाहा नहुँदा दर्ता नभएको नक्कली कलेज परेको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । त्यहाँ कलेजमा फसेका विद्यार्थीहरुको प्रमाणपत्र नै नक्कली ठहर गरी कारवाही गरेको छ । नेपालका शैक्षिक माफियाँको चंगुलमा हामी कदापि फस्नु हुन्न । धेरै शुल्क लिने स्कूल कलेज मात्र गुणस्तरीय हुन्छ भन्ने होइन । त्यस्ता विद्यालय कलेजका विद्यार्थी नराम्रो कुलतमा फसेका धेरै उदाहरण छन् । त्यसकारण विद्यालय कलेजमा भर्ना हुँदा धेरै सोचविचार गर्नुपर्ने हुन्छ । अन्यथा, हामी पनि त्यस्ता शैक्षिक माफियाको चंगुलमा नपर्ला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *