विष्फोट र टावर जलाउने शंकास्पद पक्राउ

काठमाडौं १२ फागुन एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । टावरमा कसले विष्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको विषयमा अनुसन्धान चलिरहेको […]

Continue Reading

पत्रिका जलाइयो

पत्रिका जलाइयो लहान, १० फागुन अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन् । लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडौ पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करीब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको हो । पसल खोल्न बिहान पुग्दा पत्रिका जलिरहेको थियो, पसल सञ्चालक दिनेश देवले भने, […]

Continue Reading

महिलाका बाध्यता : हिंसा सहन्छन् तर, उजूरी दिँदैनन्

लम्की, कैलाली, १० फागुन नेपाली समाजमा सदियौंदेखि प्रचलनमा रहेका गलत रीतिथितिले महिलामाथि हिंसा बढाएको छ । छाउपडी प्रथा, बहुविवाह, दाइजो, सुत्केरी बार्ने, बालविवाह जस्ता गलत अभ्यासले महिलामाथिको हिंसा बढाएको हो । पहलसिंह धामी त्रिभुवन मावि बटनपुर कैलालीका शिक्षक हुन् । उनकी श्रीमती महिनावारी हुँदा पाँच दिनसम्म छाउगोठमा बस्छिन् । शिक्षक धामीलाई महिनावारी बार्न हुदैन भन्ने […]

Continue Reading

म्याद गुज्रिएको सामग्री नष्ट

भोजपुर, ९ फागुन सदरमुकामका बजार पसलबाट रु एक लाख बराबरको म्याद गुज्रिएको सामग्री नष्ट गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय भोजपुरको अगुवाइमा खाद्य सामग्री र पेय पदार्थ गरी रु ९७ हजार १७७ को सामग्री नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । होटल, थोक तथा किराना पसलबाट ठूलो […]

Continue Reading

नमूना ख्वप अस्पताल निर्माण गर्दै भक्तपुर नगरपालिका, आज शिलान्यास

भक्तपुर, ९ फागुन ज्ञान विज्ञानको केन्द्र र पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृतिलाई एक सिक्काको दुई पाटाको रुपमा आत्मसात गर्दै अघि बढिरहेको भक्तपुुर नगरपालिकाले नेपाल मजदुर किसान पार्टीको मार्गदर्शन अनुरुप हरेक काम भइरहेको छ । ख्वप अस्पतालको निर्माण यसैे अभियानको उपज भएको बिहीवार भएको ख्वप अस्पतालको भवन शिलान्यान कार्यक्रममा बताइएको छ । ख्वप अस्पताल […]

Continue Reading

पाँचौँ संस्करणको उद्यमशील सम्मेलन हुने

काठमाडौँ, ९ फागुन यही फागुन १७ गते पाँचौ संस्करणको एक दिने महिला उद्यमशीलता सम्मेलन हुने भएको छ । नेपाली युवा उद्यमी मञ्चले आज पत्रकार सम्मेलनको आयोजना गरी दश वटा प्रदर्शनी कक्षसहितको सम्मेलन हुने जानकारी गराएको हो । सम्मेलनमा चितवन, विराटनगर, कास्की, जनकपुर, कैलाली, सुनसरी र धनगढी जिल्लाबाट २०० उद्यमी महिला सहभागी हुने आयोजक संस्थाको अध्यक्ष […]

Continue Reading

राष्ट्रपतिबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ

वीरगञ्ज, ९ फागुन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको आज शुभारम्भ गरेको छ । प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५/७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ । वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले माता […]

Continue Reading

किरात सङ्ग्रहालय निर्माण शुरु

खोटाङ, ९ फागुन विश्वमा छरिएर रहेका किरात राई तथा अन्य समुदायको गन्तव्यस्थलको रुपमा स्थापित गर्न खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ रिब्दुङ महेश्वरीमा किरात सङ्ग्रहालय निर्माण शुरु गरिएको छ । सम्पूर्ण राईहरुको अध्ययन केन्द्रको रुपमा स्थापित गर्ने र जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने उद्देश्यले किरात सङ्ग्रहालय निर्माण शुरु गरिएको हो । सङ्ग्रहालयको लागि देशविदेशमा रहेका किरात संस्कृतिप्रेमी […]

Continue Reading

मगर महोत्सव शुरु

पर्वत, ८ फागुन  लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ । पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेको छ । महोत्सव उद्घाटन गर्दै उनले गण्डकी प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने दाबी गरेको छ । प्रदेशलाई समृद्ध बनाउन […]

Continue Reading

विद्यालय शुल्कमा मनोमानी

बाँके, ८ फागुन यहाँका सयको हाराहारीमा खुलेका पूर्वप्राथमिक विद्यालयमा मनोमानी ढङ्गले शुल्क असुली भइरहेको छ । मासिक शुल्क रु पाँच हजारदेखि रु २० हजार बढी लिने कार्य अहिले पूर्वप्राथमिक तहदेखि शुरू भएको छ । अभिभावकमा सन्तानलाई ‘प्रि–स्कुल, मन्टेश्वरी, डे केयर, किन्डर गार्डेन’जस्ता नाममा खोलिएका पूर्वप्राथमिक तहमा पढाउनु ‘सामाजिक प्रतिष्ठा’ को विषयजस्तै बनिसकेको छ । पहिले […]

Continue Reading