पत्रिका जलाइयो

अर्थ/वाणिज्य समाचार

पत्रिका जलाइयो


लहान, १० फागुन
अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन् । लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडौ पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करीब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको हो ।

पसल खोल्न बिहान पुग्दा पत्रिका जलिरहेको थियो, पसल सञ्चालक दिनेश देवले भने, “म पसल पुग्दा पत्रिका जलिरहेको थियो, कसले र किन पत्रिका जलायो यसबारेमा केही थाहा भएन ।”

यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए । केही दिनअघि सीता नोवेल पसलका लागि आएको कान्तिपुर, काठमाडौँ पोस्टलगायतका पत्रिका चोरीसमेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *