गौर कारागार जिर्ण, क्षमता भन्दा बढी कैदीहरु

समाचार

रौतहट,८ भदौ


रौतहटको गौर कारागारमा क्षमता भन्दा बढि कैदी बन्दीहरुलाई राखिएको छ । १९८९ सालमा स्थापना भएको गौर कारागारमा १ सय २० जनाको क्षमता रहेकोमा अहिले २ सय ९४ जना कैदीबन्दी छन् । कैदीबन्दीहरुको संख्या बढ्दै गएकाले व्यवस्थापन गर्न गाह«ो भएको गौर कारागार कार्यालयको प्रशासन शाखाले जनाएको छ । कारागारको भवन जिर्ण रहेको र कैदीको संख्या बढ्न थालेपछि समस्या हुने गरेको गौर कारागारका जेलर नायव सुब्बा शम्भु यादवले बताए । कारागार भित्र भवन निर्माण गरीएको भएपनि अपुग रहेको र व्यवस्थापनमा कठिनाई हुने गरेको उनले गुनासो गरे । अहिले कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीहरु रहेकाले सरल र सहज तरिकाले राख्न नसकिएको उनको भनाई छ । बर्षातको समयमा कैदी बन्दीहरुलाई धेरै समस्या हुने गरेको जलेर यादवले बताए । भवन पुरानो भएकाले धेरै संख्यामा कैदीबन्दीहरुलाई राख्दा चुनौती रहेको उनले बताए । विभिन्न मुद्धामा कारागारमा रहेका कैदीबन्दीलाई व्यवस्थापन गर्न चुनौती भएको बेलामा संख्या बढ्दै जाँदा समस्या हुने गरेको उनले बताए । गौर कारागारमा कत्र्तव्य ज्यान, ज्यान मुद्दा, चेलीवेटी वेचविखन, मावन ओसारपसार, अपहरण तथा शरिर बन्धक, लागु औषध, सवारी ज्यान, बलात्कार लगायतका विभिन्न मुद्दामा आरोपीहरुेल सजाय भुक्तान गरिरहेका छन् । २ सय ९४ जना कैदीबन्दीहरुमा १२ जना महिला छन् भने पुरुष तर्फ २ सय ८४ जना रहेको गौर कारागारले जनाएको छ । महिलाको संख्या न्युन रहेकाले समस्या नरहेको भएपनि पुरुष तर्फ भने त्रिपाल टाँगेर राख्नु पर्ने बाध्यता रहेको उनले बताए । देशका अधिंकाश स्थानमा रहेको कारागारमा क्षमता भन्दा बढि कैदीबन्दीहरु राखिने गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । राणाकालिन समयमा बनेको गौर कारागार पुरानो र जिर्ण बन्दै गएकोले अन्य स्थानमा कारागार बनाउने पहल भईरहेको उनले बताए । नयाँ कारागारको बनाउनका लागि उपयुतm जमिनको खोजी भै रहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *