इँटाभट्टा व्यवस्थित गर्न चाँंगुनारायण नगरपालिका चिन्तित

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

काठमाडौं, २४ माघ


इँटाभट्टा व्यवस्थित रुपमा सञ्चालन गर्न भक्तपुरको चाँंगुनारायण नगरपालिकाले चिन्ता व्यक्त गरेको छ । चाँंगुनारायण नगरपालिका भक्तपुरले आयोजना गरेको छलफल कार्यक्रममा इँटाभट्टालाई धुँवाधुलोरहित रुपमा सञ्चालन गर्न व्यवसायीसँंग अनुरोध गरेको छ ।
भक्तपुर इँटा उद्योग व्यवसायी संघ र चाँगुनारायण नगरपालिकाबीच भएको सौहार्दपूर्ण अन्तरक्रिया कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले इँटाभट्टालाई धुँवाधुलो न्यूनीकरण गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अनुरोध गरे । पुनर्निर्माणको लागि नभई नहुने इँटा उत्पादन गर्ने स्वदेशी उद्योगको प्रबद्र्धनमा उनले विशेष चिन्ता व्यक्त गरे । वर्षेनी विदेशबाट निर्माण सामग्री आयात गर्नुपर्ने बाध्यता रहेको तर नेपाली सामान विदेश निर्यात हुन नसकी व्यापार घाटा वढ्दै गएको बेला इँटामा नेपाल आत्मनिर्भर रहेकोमा उनले खुशी साटे ।
प्रमुख मिश्रले इँटा उद्योगी व्यवसायीलाई वातावरणमैत्री इँटा उद्योग सञ्चालन गर्न अनुरोधका साथ अन्य वैकल्पिक व्यवसाय गर्न सुझाए । इँटा उद्योगी व्यवसायीहरुसँग इँटा व्यवसाय सञ्चालन गर्दाका कार्यविधि, मापदण्ड र प्रदूषण नियन्त्रणको व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख मिश्रले नगर क्षेत्रभित्र इँटा उद्योग सञ्चालन गर्दा नगरपालिका र व्यवसायबीच भएको सम्झौता अनुसार कार्य गर्न सल्लाह दिए ।
सो अवसरमा ईसीईसीपीका इन्ष्ट्रक्टर अर्जुन भट्टले चाइनिज प्रविधिमार्पmत प्रदूषणमुक्त अत्याधुनिक इँटा उद्योग सञ्चालन गर्न सकिने भएकोले सो प्रविधिबारे जानकारी गराए । साथै हालको विकसित प्रविधि जिक ज्याक प्रविधि दक्षिण एशियामा उपयुक्त भएको पनि जानकारी गराइयो । साथै भक्तपुर जिल्लाभित्र सञ्चालित उद्योगहरुमा वातावरण सुधार गर्नको लागि एसएमएस इन्भारोमेन्ट एन्ड इन्जिनीयरिङ प्रालिसँंग वातावरण सुधार सम्बन्धी सहकार्य भैरहेको जानकारी गराइयो ।
भक्तपुर इँटा व्यवसायी संघका पूर्व अध्यक्ष एवम् सल्लाहकार विश्वराम कवाँले इँटाभट्टा व्यवसालाई व्यवस्थित रुपमा सञ्चालन गर्न गरेको नगरपालिकाको चासोप्रति कृतज्ञता व्यक्त गरे । उनले व्यवसायीहरु नगरपालिकाको सल्लाहसुझाब अनुसार इँटाभट्टालाई समायानुकूल व्यवस्थित रुपमा सञ्चालन गर्न तत्पर रहेको बताए ।
नगरपालिकासँग सम्झौता भएअनुसार माटो कटान गर्दा जग्गावालाको मंजुरीनामा मात्रै माटो निकालेको व्यवसायीहरुले बताए । इँटा उद्योग सञ्चालन गर्दा भक्तपुरमा जनसंख्याको चाप बढ्ने भएकोले स्वास्थ्य सम्बन्धी सचेत हुनुपर्ने कार्यक्रममा बताइयो । विभिन्न वडाका निर्वाचित जनप्रतिधिहरुले पनि सामाजिक उत्तरदायित्वमा कमीकमजोरी भएकोलाई पनि सुधार गर्न सुझावहरु दिएको थियो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिबाट सामाजिक उत्तरदायित्व बमोजिम नगरपालिकाभित्र सामाजिक कार्यमा सहयोग गर्न सुझाव दिए । चाँंगुनारायण नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्याम सुन्दर धिमालबाट माटो कटान, माटो ढुवानी, काँचो इँटा ढुवानीमा नगरपालिकासँग ६ बुँदे सम्झौता भए बमोजिम कार्यान्वयन नभएको गुनासो गरे । सो अनुसार कार्य गर्न र गराउनु हुन उनले सल्लाह दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *