पर्यटन प्रवद्र्धनका लागि ईटहरीमा फुड फेस्टिवल शुरु

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

सुनसरी, २४ माघ


प्रदेश नम्बर १ को पर्यटन प्रवद्र्धनका लागि सुनसरीको ईटहरीमा बिहीवारदेखि ९ दिने फुडफेस्टिबल शुरु भएको छ ।
ईटहरी स्थित जनता माविको खेल मैदानमा शुरु भएको फेस्टिवलको प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राईले उदघाटन गरेका छन् । फेस्टिवलको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश नम्वर १ को समृद्धि र विकासमा पर्यटनको मुख्य योगदान रहने भएकाले प्रवद्र्धनका कार्यक्रमहरुमा प्रदेश सरकारले प्राथमिकता दिएको बताए । उनले प्रदेश पर्यटकीय दृष्टिकोणले समेत अव्वल रहेको भन्दै विश्वको सवैभन्दा अग्लो सगरमाथादेखि लिएर होचो केचनाकलन, हिमाल, पहाडदेखि तराईसम्मका भौगोलिक विविधता रहेको वताए । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा समेत धेरै आस्थाका केन्द्रहरु रहेकाले पनि पर्यटन प्रवद्र्धनमा फेस्टिवलले सहयोग पुग्ने अपेक्षा गरेको वताए ।
६० ओटा खानाका बिभिन्न परिकारका स्टल रहने फेष्टिबलमा हेली टुरदेखि हात्ती अवलोकनसम्मको आकर्षण रहेको छ । फेस्टिवलको थप आकर्षणका रुपमा लालीगुँरास र अर्नाको प्रतिमा, वालउद्यान समेत रहेका छन् । साथै खानाको स्वाद लिदै मनोरञ्जका लागि दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । साथै बालबच्चाहरुको लागि खेल तमासा आदिको व्यवस्था गरिएको छ ।
फेस्टिवल उदघाटन अघि हाती सहितको झाँकीले बजार परिक्रमा गरेको थियो । फागुन ३ गते सम्म सञ्चालन हुने फेस्टिवलमा जातिय परिकार साथै विदेशी परिकारहरुको स्वाद लिन सकिने व्यवस्था मिलाएको आयोजक होटल व्यवसायी संघका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *