शहीद घोषणाको स्वागत

काठमाडौँ, १६ माघ  द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार संस्थाले द्वन्द्वका क्रममा मृत्युवरण गरेका सेना, सशस्त्र, प्रहरी र गुप्तचरलगायतका सुरक्षाकर्मीलाई हालै सरकारले शहीद घोषणा गरेकामा त्यसको स्वागत गरेको छ । संस्थाका सचिव तुलसी बस्नेतले देश र जनताको स्वतन्त्रताका लागि शहीदले जीवन उत्सर्ग गरेकामा उनीहरूको सपनालाई सार्थक बनाउन सामाजिक परिवर्तनको खाँचो औँल्याए । संस्थाका सदस्य मञ्जु गिरीले शहादतप्राप्त चारै […]

Continue Reading

आलु उत्पादन बढेपछि उपभोक्तालाई राहत

वीरगञ्ज, १६ माघ अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सा जिल्लामा रु चार करोड ५४ लाख ४० हजार मूल्य बराबरको दुई हजार ८४० मेट्रिक टन बढी आलु उत्पादन भएपछि उपभोक्ताले राहत पाएका छन् । प्रायः यस भेगका उपभोक्ता चर्को मूल्य तिरेर भारतीय तथा पहाडको आलु खान बाध्य भएकामा यस वर्ष बढी आलु उत्पादन भएपछि उपभोक्तालाई राहत […]

Continue Reading

भेडापालन व्यवसाय सङ्कटमा

पाँचथर, १६ माघ जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पुस्तौँदेखि गरिँदै आएको भेडापालन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ । खर्कको अभावले भेडीगोठ मासिने अवस्थामा पुगेको कृषकको भनाइ छ । उत्तरपूर्वी क्षेत्रमा पाँच दशक लामो समय भेडीगोठ सम्हालेर बसेका फालेलुङ–४, गुरुङटारका क्यादरलाल गुरुङले केही वर्ष अघि खर्कको अभावले भेडीगोठ छोडे । अहिले गुरुङसँग ५० भेडामात्र छन् तर आफ्नो […]

Continue Reading

काठमाडौँमा चिसो वृद्धि

काठमाठौँ, १६ माघ काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस थियो । मौसमविद् गङ्गा नगरकोटीका अनुसार राति आकाश खुला भए […]

Continue Reading

मन्दिरमा पूजाआजापछि पारसलाई हृदयघात, नर्भिकको आइसियूमा उपचार हुँदै

काठमाडौं, १४ माघ पूर्व युवराज पारस शाह हृदयघात भएर थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्। आज दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गरेर फर्किए लगत्तै उनलाई हृदयघात भएको थियो। अस्पताल स्रोतका अनुसार अहिले उनको आइसीयूमा उपचार भइरहेको छ। मुटुरोग विशेषज्ञ यादवदेव भट्टको निगरानीमा उनको उपचार भइरहेको अस्पतालले जनाएको छ। पारसलाई […]

Continue Reading

युएइविरुद्धको एक दिवसीय सिरिजमा नेपाल ४ विकेटले विजयी, पारस खड्काको शतक रेकर्ड

काठमाडौं, १४ माघ नेपालले युइईविरुद्धको तीन एकदिवसीय श्रृंखला २-१ ले जितेको छ। पहिलो खेलमा पराजित भएपनि त्यसपछिका दुवै खेल जित्दै नेपालले श्रृंखला आफ्नो पोल्टामा पारेको हो। पहिलो खेलमा ११३ रनमा समेटिएको नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा रोहित पौडेलको अर्धशतक मदतले २४२ रनको विजयी लक्ष्य दिएको नेपालले सोमपाल कामीको ५ तथा सन्दिप […]

Continue Reading

सांसदको सपथ लिए दीपक मनाङेले

कास्की, १४ माघ मनाङ ख बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजिब गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार साँझ प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनीयताको सपथ गराएका छन् । मनाङेले गत पुस ११ गते प्रदेशसभा सचिवालयमा सपथग्रहणको निवेदन दिएका थिए । निवेदन दिएको एक महिना पछि उनले सपथ ग्रहण […]

Continue Reading

गाउँगाउँमा घुम्ती शिविर, घरघरमा सेवा

ओखलढुङ्गा, १४ माघ जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गरेको छ । स्थानीय सरकारसँगको समन्वयमा प्रशासनले नागरिकता सहितका सेवा दिन गाउँमै शिविर चलाएको हो । जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने खिजीदेम्बा गाउँपालिकाको रावादोलु र लिखु गाउँपालिकामा शिविर सञ्चालन गरेर सेवा दिइएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताए । खिजीदेम्बा र लिखुमा जस्तै अन्य स्थानीय […]

Continue Reading

च्याउखेतीबाट मनग्य आम्दानी

बर्दिवास, १४ माघ काममा लगन र समर्पण भएपछि कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण बनेको छ महोत्तरीको बर्दिवास नगरपालिका–२ हङकङ डाँडाका दीपक भुजेल । बाली नसप्रिने गेग¥यान जग्गामा ४५ वर्षीय भुजेलले १० टनेलमा च्याउखेती गर्दै आएको छ । दुई वर्ष अघिसम्म भुजेललाई घरखर्च कसरी चलाउने भन्ने चिन्ता हुन्थ्यो । घरखर्चका लागि उनी अब आफ्नो व्यवसायप्रति […]

Continue Reading

हुम्लीको हिउँदे जीवनशैली

हुम्ला, १४ माघ हुम्ला नेपालका अन्य ७६ जिल्लाभन्दा उच्च हिमाली जिल्लामा अवस्थित रहेकाले यहाँको दैनिकी हिउँदको समयमा निकै समस्याग्रस्त हुने गर्दछ । हुम्लामा असारदेखि भदौ तीन महीना केही तातोको महसुस हुने भएपनि बाँकी नौ महीनामा चिसोले सताउँछ । कात्तिकको महीना शुरु भएसँगै चिसो बढ्दै जानुका साथै हिमपात हुने गर्दछ । यहाँका स्थानीयवासीले हिउँदको समयमा हिमपात […]

Continue Reading