सांसदको सपथ लिए दीपक मनाङेले

राजनीति विशेष समाचार समाचार

कास्की, १४ माघ


मनाङ ख बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजिब गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार साँझ प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनीयताको सपथ गराएका छन् ।
मनाङेले गत पुस ११ गते प्रदेशसभा सचिवालयमा सपथग्रहणको निवेदन दिएका थिए । निवेदन दिएको एक महिना पछि उनले सपथ ग्रहण गरेका हुन् ।
यसअघि प्रदेशसभा निर्वाचन ऐनको दफा १६ अनुसार सपथ खुवाउन नमिल्ने प्रतिक्रिया दिएका सभामुख अधिकारीले पुनः कानुनी राय र परामर्श लिएर सपथ खुवाएका हुन् ।
गतसालको मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा उनी मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका हुन् । उनी निर्वाचित भएलगत्तै पुनरावेदन अदालत पाटनले २०६९ मा ५ वर्ष जेल सजाय तोकेको थियो । त्यतिबेला फरार सूचीमा रहेका उनले मुद्दा ब्यूँतिएपछि सपथ खान पाएका थिएन ।
उनी निर्वाचित भएलगत्तै शपथ लिनुअघि नै कारागार चलान भए । नयाँ फौजदारी संहिताले १० वर्षभन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने अधिकार दिएकाले मनाङे सर्वोच्चको आदेशमा पुस ६ गते कारागरमुक्त भएका थिए । त्यस लगत्तै मनाङेले गत पुस ११ गते प्रदेशसभा सचिवालयमा सपथग्रहणको निवेदन दिएका थिए । निवेदन दिएको एक महिना पछि उनले सपथ ग्रहण गरेका हुन् ।
उनको सपथग्रहणसँगै गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यको संख्या ५९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *