युएइविरुद्धको एक दिवसीय सिरिजमा नेपाल ४ विकेटले विजयी, पारस खड्काको शतक रेकर्ड

अन्तर्राष्ट्रिय खेलकूद विशेष समाचार समाचार

काठमाडौं, १४ माघ


नेपालले युइईविरुद्धको तीन एकदिवसीय श्रृंखला २-१ ले जितेको छ। पहिलो खेलमा पराजित भएपनि त्यसपछिका दुवै खेल जित्दै नेपालले श्रृंखला आफ्नो पोल्टामा पारेको हो।

पहिलो खेलमा ११३ रनमा समेटिएको नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा रोहित पौडेलको अर्धशतक मदतले २४२ रनको विजयी लक्ष्य दिएको नेपालले सोमपाल कामीको ५ तथा सन्दिप लामिछानेको ४ विकेटको मदतमा युएईलाई १४५ रनले हराएको थियो।

तेस्रो तथा निर्णायक खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले शुरुवाती ४२ ओभर सम्म १५३ रनमा समेटे पनि त्यसपछि भने नेपाली बलरले विकेट लिन नसक्दा युएईले २५४ रनको योगफल तयार पारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *